latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

बिष्णु खनाल
पाल्पा, असार ७
तानसेन नगरपालिकाको आर्थिक बर्ष २०८१र८२ को बार्षिक बजेट १ अरब ७३ करोड ७६ लाख २० हजार ९५७ रहेको छ ।
शुक्रबार तानसेन नगरपालिकाले आफ्नो १५ औं नगर सभाको पहिलो बैठकमा तानसेन नगरपालिकाकि उप प्रमुख प्रतीक्षा सिंजालीले उक्त अनुमानित बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
जसमा आगामी आर्थिक बर्षको लागि बित्तिय ब्यबस्था समेत चालू तर्फ ८४ करोड ७७ लाख ७ हजर ५ सय ७५ रुपैयाँ छ । पुँजिगत खर्च तर्फ ९१ करोड ९९ लाख १३ हजार ३ सय ८२ रहेको छ ।
नगरपालिकाको आर्थिक बिकास क्षेत्र ६ करोड २ लाख ४६ हजार १३९ रुपैया, भौतिक पुर्बाधार बिकास तर्फ ८३ करोड ८१ लाख ९२ हजार ४५३रुपैया, त्यस्तै सामाजिक बिकास तर्फ ६९ करोड ३७ लाख ५९ हजार ४७२ रुपैया रहेको छ । सुशासन तथा संस्थागत बिकास तर्फ १४ करोड ८८ लाख ३७ हजार ७०२ रुपैया बिनिजन भएको छ । त्यस्तैगरि बाताबरण तथा बिपत ब्यबस्थापन तर्फ २ करोड ६५ लाख ८५ हजार १८९ रहेको उपप्रमुख सिंजालीले जानकारी गराउनुभयो ।

नगरसभाको अध्यक्ष गर्नुभएका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाको आर्थिक बर्ष २०८१र८२ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख श्रेष्ठले यस आर्थिक बर्षमा ३।१ किमी सडक कालोपत्र तथा ढलान, ९।५ किमि सडक स्तरउन्नती तथा मर्मत, ३ दशमलभ २ किमी सडक नयाँ सडक निमार्ण कार्य सम्पन्न भएको जानकारी गराउनुभयो । त्यस्तै यो अवधीमा २७ वटा भवन टस निमार्ण, ७ वटा मन्दिर १२ वटा प्रतिक्षालय निमार्ण, २८ वटा खानेपानी टंकी निर्माण तथा मर्मत, २ दशमलभ ५ किमी सिंचाई कुलो निमार्ण तथा मर्मत भएका छन् ।

नगरपालिकाको आर्थिक बिधेयक २०८१ आर्थिक समितिका सम्योजक हेमन्तराज शाक्यले प्रस्तुत गर्नुभयो । त्यस्तै तानसेन नगरपालिकाको बिनियोजन बिधेयक र न्यायीक समितीको प्रतिबेदनउपप्रमुख प्रतीक्षा सिंजालीले प्रस्तुत गर्नुभयो ।

तानसेन नगर प्रज्ञा प्रतिस्ठान बिघेयक महेश्वर श्रेष्ठले प्रस्तुत गर्नुभयो ।  लैङ्गिक समानता अपाङ्ग तथा सामाजिक समाबेशिकरण बिधेयक पनि महेश्वर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभयो ।

सबै बिधेयक माथी छ्लफल आगामी दोस्रो बैठकमा हुने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय