तानसेन नगरपालिकाले ढुङ्गेधाराहरूकाे संरक्षणमा जुटेकाे छ । तानसेन नगरपालिका १, ढाक्रेबासमा निर्मित ऐतिहासिक धाराकाे नगर प्रमुख सन्तोष लाल श्रेष्ठ समुद्घाटन गरेका हुन ।
ऐतिहासिक महाेत्व बाेकेकाे उक्त ढुङ्गेधाराकाे संरक्षण नहुदा लाेप हुने अवस्थामा पुगेकाे भन्दै पाैराणिक महत्व बाेकेकाे धाराहरूकाे संरक्षणमा नगर लागि परेकाे तानसेन नगरपालिका प्रमुख सन्ताेषलाल श्रेष्ठले बताए । अहिले उक्त ढुङ्गेधारालाई व्यवस्थित गरिएको छ । धाराकाे समुद्घाटन गर्दै तानसेन नगर सरकारका प्रमुख श्रेष्ठले ताढुङ्गेधारा तथा पधेराहरूकाे छुट्टै महत्व रहेकाे भन्दै यसकाे संरक्षण गर्नु हाम्रो दायित्व भएकाे बताए । नगर सरकारले नगरभित्रका ऐतिहासिक महत्व बाेकेका ढुङ्गेधारा, कुवा, पधेराहरूकाे संरक्षण र सम्वर्द्दनमा जाेड दिएको बताए । उनी भन्छन्, तानसेन नगरपालिका भित्रका ढुङ्गेधारा, कुवा, पधेराहरूलाई संरक्षण गर्न सके खानेपानीकाे आपूर्तीमा थप सहयोग पुग्छ । तानसेनमा धेरै ऐतिहासिक, पुरातात्त्विक, मठमन्दिर, ढुङ्गेधारा, कुवा तथा संस्कृतिहरू हेर्नका लागि पनि पर्यटक पाल्पा आउने गर्दछन् ।
तानसेन नगरपालिका उप प्रमुख प्रतिक्षा सिङ्जालीले धारा निर्माणले नागरिकहरूलाई सहज खानेपानी उपलब्धमात्र नभइ उक्त ढुङ्गेधाराकाे ईतिहासलाई जाेगाउन सहयोग गरेको बताइन । नगरपालिकाले नगर भित्रका यस्ता सम्पदाहरूलाई संरक्षण र सम्वर्द्वन गर्नका लागि प्रयास गरिरहेकाे बताइन । नगर सरकारसँग समिति स्त्राेत तथा साधनका कारण प्रयाप्त बजेटकाे अभाव छ । तर नगर सरकारले प्रयाप्त बजेटकाे अभावका बाबजुद पनि सम्पदाकाे संरक्षणमा बिशेष जाेड दिदै आएकाे बताइन ।
तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्यालले तानसेन वडा न १ मा स्थानीयलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन र ढुंगेधाराकाे संरक्षण गरिएकाे बताए । ढाक्रेबासकाे ढुङ्गेधाराकाे संरक्षण गर्न २ लाख रूपैयाँ रकम खर्च गरिएकाे उनले बताए । स्थानीय हरि कृष्ण कार्कीले परापूर्व कालमा ठूलाे बस्ती रहेको र साेही स्थानकाे बाटाे भएर पर्वतका ढाक्रेहरू नुन लिन बटाैलीसम्म पुग्ने इतिहास रहेकाे बताए । उक्त ढुङ्गेधारा भएका ठाउँमा ढाक्रेहरूले ढाकर बिसाएर पानी खाने गरेका कारण उक्त स्थानकाे नाम ढाक्रेबास रहेको बताए । धारामा गर्मी माैसममा चिसाे पानी आउने र जाडाे समयमा ताताे पानी आउने गरेको बताए ।