latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

तानसेन नगरपालिका ११ पाल्पाका २३ वर्षीय प्रतिक भाटले घरमै नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाले घरमै पुगेर नागरिकता प्रदान गरेको हाे।

अपाङ्गता भएका नागरिक पनि नागरिकताबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले घरमै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए । आमा उषा भाटको दुई छोरा एक छोरीमध्ये जेठो छोरा पूर्ण अपाङ्ग भएर नागरिकता बनाउन प्रशासन आउन नसक्ने भएपछि वडाको पहलमा घरमै गएर नागरिकता प्रदान गरिएको हो ।

अति अशक्त, अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने हुँदा उहाँहरूको सहजताका लागि र उमेर पुगेर पनि समयमा नागरिकताबिहीन नहोउन् भनेर अभियानको थालनी गरिएको तानसेन नगरपालिका ११ का वडा अध्यक्ष्य यादवसिंह कार्कीले बताए । कतिपय अति अशक्त अपाङ्गता भएकालाई परिवारले नागरिकता बनाउन प्रशासनमा ल्याउन नसक्दा ती नागरिक नागरिकताविहीन हुने र उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आउने हुँदा अभियान सञ्चालन हुनु सकारात्मक भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

स्थानीय अम्मर रानाले जिल्ला प्रशासन र वडाको अभियानले अपाङ्गता भएका नागरिकले सहज रुपमा नागरिकता प्राप्त गर्ने र राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु नपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय