latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

शीत काव्य समाज नेपालको आयोजनामा यही असार ७ गतेका दिन एकैसाथ चारवटा काव्य कृतिहरू लोकार्पण गरिने भएको छ ।” चतुष्पदी मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरी काव्य नै शीत हो।” भन्ने परिभाषाका साथ शीतले स्वदेश देखि विदेशसम्म व्यापकता पाइसकेकाे छ ।

हालसम्म शीतका एक दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । शीत संरतना अनुसार शीत कल्प कृति प्रकाशन गर्नेलाई शीत ईश्वर भनिन्छ । हालसम्म प्रथम शीत ईश्वर कृष्ण के.सी.,इन्दिरा ज्ञवाली , शारदा ढकाल , देशभक्तसिंह कुँवर शीत ईश्वरको रूपमा प्रतिष्ठापित भईसक्नु भएको छ भने कृति प्रकाशन संगै शीत ईश्वरहरू थपिदै जानू हुनेछ ।साहित्यकार लव जोशीले नेपालीर अंग्रेजीमा शीत काव्य प्रकाशन गरी शीतको व्यापिकरण गर्नुभएको छ ।

कविता लेख्न नजानेकाहरूले पनि शीत लेख्न सक्छन् र अन्ततः कविता लेख्न पनि जान्ने हुन्छन् शीतको बिशेषतानै यही हो । वि.सं.२०७८ साल असार ७ गते पाल्पाको तानसेनबाट परिकल्पना गरिएको शीतले यही असार ७ गतेदेखि चौथो वर्षमा प्रवेश गर्दैछ उक्त दिन शीत परिकल्पनाको चौथो वार्षिक दिवस मनाउदै परिकल्पनाकार पुष्कर अथक रेग्मीको शीत : रचना विधान र चतुष्पदी लघुकाव्य संग्रह शीत कल्प ‘अर्घ्य ‘ र त्रिशूल : त्रिपदीय काव्य उपविधा र सैद्धान्तिक विमर्श ‘ अमोघ’, साहित्यकार देवन्द्रराज शाक्यको शीत लघुतम खण्डकाव्य ” धर्मी ” र साहित्यकार दामोदर ढकालद्वारा लिखित शीत उपन्यास ” शीत यात्रा” को लोकार्पण र विमर्श सहित शीत परिकल्पनाको चौथो बर्ष पाल्पाको तानसेनमा साहित्यिक कार्यक्रम सहित मनाइने छ भनी शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय