पाल्पा, जेठ ३०

तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षकाे नीति, कार्यक्रम तथा बजेट लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाइ ध्यानमा राखेर निर्माण गर्न लागिएकाे छ । तानसेन नगरपालिका प्रमुख सन्ताेषलाल श्रेष्ठले जेड्सीमैत्री नीति अनुसारका पूर्वाधार तथा सामाजिक विकास गर्न नगर सरकार लागि परेकाे उनले बताए ।

लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (जेड्सी) रणनीतिक सम्बन्धि पहल र यसकाे कार्यान्वयन स्थिति छलफल कार्यशालामा बाेल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले लैङ्गिक समानता तथा अपाङ्गता सामाजिक समावेशीकरणलाई अंगिकार गर्न नगर सरकार लागि परेको बताए । उनलेे सामाजिक समावेशीकरण पहलको स्थिति, चुनौती र सफलताहरु साथै उत्कृष्ट अभ्यासहरुमा नीतिगत रूपमा काम गर्ने प्रयास गरेको तर याे पूर्ण हुन समय लाग्ने बताए । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले जारी गर्ने ऐन, कानुन, निर्देशिकामा लैसअसासमा ध्यान दिईएकाे बताए ।

कार्यक्रममा तानसेन नगरपालिकाका उप प्रमुख  प्रतिक्षा गाहा सिङ्जालीले उपप्रमुखसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागिएको बताईन् । तानसेन नगरपालिकाले लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजना आगामी नगर सभाबाट अगाडि बढाउने र लैसअसास पास गर्ने बताइन । तानसेन नगरपालिकाले तानसेनलाई महिलामैत्री शहरकाे रूपमा अगाडि बढाउने कार्यक्रम ल्याउने बताइन । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था अनुरूप महिलाहरू राज्यका विभिन्न तहमा नेतृत्व गरिरहेकाे बताए । साेही व्यवस्था अनुरूप तानसेन नगरपालिकाका विभिन्न तहमा महिलाहरू निर्वाचित भइ नेतृत्वमा आएकाे बताए ।

नगरपालिकाले महिला जनप्रतिनिधिहरूलाई विभिन्न समिति संयाेजककाे भूमिका प्रदान गरेको, नगर भित्रका महिला, एकल महिला, दलित, पिछडिएकाे व्यक्ति, फरक क्षमता भएका व्यक्ति, लैगिक अल्पसंख्यकहरूलाई विभिन्न क्षमता अभिवृद्धि,नेतृत्व विकासका तालिम एवम स्वराेजगार मुलक सिप प्रदान गर्न बजेट बिनियाेजन गर्दै आएकाे छ । नगरपालिकाले सार्वजनिक स्थलका खुला धारा,ढुंगे धारा तथा पधेराकाे नजिकै स्तन गृह बनाउने याेजनाका साथ अगाडि बढेको, नगरपालिकाले फरक क्षमता अपांगता भएका घ बर्गका व्यक्तिलाई मासिक भत्ता प्रदान,छाेरी शिक्षा कार्यक्रम सञ्चालन गरिरहेकाे नगर प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रम सिडिडब्लुएनकाे सहकार्य, स्थानीय सरकार सबलीकरण अस्ट्रेलियन ए आइ डि, द एसियाली फाउन्डेसनकाे प्राविधिक सहयोग र तानसेन नगरपालिकाकाे आयाेजनामा भएको हाे । प्रभावकारी र समावेशी सुदृढीकरण कार्यक्रम” जेड्सी पहलको स्थिति, चुनौती र सफलताहरु साथै उत्कृष्ट अभ्यासहरुमा साझा कार्यशालालाई सम्बाेधन गर्दै कार्यक्रममा महिला कार्यपालिका सदस्यहरूकाे सहभागीता रहेको थियाे । कार्यक्रम कार्यपालिका सदस्य सविता भट्टराईकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय