latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, जेठ २०
नेपाल प्रेस युनियन पाल्पाको बार्षिक साधारण सभा रामपुरमा सम्पन्न भएको छ । शनिबार बनभोज सहित युनियनको साधारण सभा रामपुरको ज्याग्दी बृहत पार्कमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिब लम्सालले पछिल्लो समय लोकतन्त्र माथि प्रहार हुदै गएको बताउनुभयो । यहाँले यो गठबन्धनको सरकारले प्रेस माथी अंकुश लगायने कम गरेको भन्दै निरंकुश शासकले पहिलो प्रहार प्रेस माथी नै गर्ने गरेको बताउनुभयो । केन्द्रिय अध्यक्ष लम्सालले प्रेस जगतले हरेक अन्दोलनमा निर्णयकारी भूमीका खेलेको भन्दै प्रेस माथीको आक्रमण स्वयम् सरकारका लागी महंगो पर्ने बताउनुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथी रामपुर नगपालिकाका नगर प्रमुख रमण बहादुृर थापाले रामपुरले रामपुरको पर्यटन बिकासमा जिल्ला स्तरिय कार्यक्रम रामपुरमा हुनुपर्ने बताउनुभयो । उहाँले एक जिल्ला भित्र आएका पर्यटकलाई रामपुरमा पनि पर्यटकीय स्थल रहेको भन्ने् जानकारी पाल्पालस् पत्रकारहरुले गराउनु पर्ने बताउनुभयो । प्रमुख थापाले यहाँले पछिल्लो समय रामपुरमा भौतिक बिकास हुदै गएको र अब मानबीय चेतनामा बिकास गर्नुपर्ने बेला आएको बताउनुभयो । त्यस्तै बिशिष्ठ अतिथी नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्यालले प्रेस युनियन पाल्पाले झपेन्द्र गहिरेपछि केन्द्रिय नेतृत्व पाउन नसकेको भन्दै पाल्पालाई नेतृत्वमा पुर्यायनु पर्ने धारणा राख्नुभयो । उहाँले सरकारले केन्द्रिय मिडिया माथी गरेको पछिल्लो ब्यबहार प्रेस जगतमाथी भएको आक्रमणको रुपमा रहेको बताउनुभयो ।

साधारण सभा छ बुँदे रामपुर घोषणा पत्र जारी गर्दै सम्पन्न भएकाृ हो ।
कार्यक्रम युनियन पाल्पाकी अध्यक्ष मन गहिरेको अध्यक्षता र सचिब बिष्णु घिमिरेको संन्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय