latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, जेठ २०

तानसेन नगरपालिकाले ढक व्यवस्थापन गर्ने अभियान चलाएकाे छ । जसअन्तर्गत तानसेन नगरपालिका ४ होलाङदीको ढल व्यवस्थापन गरिएकाे छ । ढल व्यवस्थित भएपछि यसक्षेत्रकाे दुर्गन्ध हटेको छ ।

खुला ढललाई नाली निर्माण गरी व्यवस्थित गरेपछि ढलबाट फैलिरहेको दुर्गन्ध हटेको हो । पाल्पा बुटवल सडक खण्डको होलाङ्दीमा रहेको खुला ढलबाट स्थानीय बासीन्दा, सवारी चालक र पैदलयात्रीलाई समस्या भएकाले व्यवस्थित गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । नगर प्रमुख श्रेष्ठले भने ‘ढल खुला हुँदा गुल्मीदेखि तानसेन हुँदै बुटवल र तानसेनदेखि बुटवल यात्रा गर्ने यात्रुहरूलाई दुर्गन्धका कारण समस्या भएको थियो ।’

तानसेन नगरपालिकाका प्रमुख श्रेष्ठका अनुसार नगर सरकारले अब उक्त ढललाई नाली निर्माण गरी व्यवस्थित गरेको ठाउँमा सवारीसाधन पार्किङ्ग स्थल बनाउने ठुला सवारीसाधन पार्कीङ गर्ने, खाली ठाउँ रहेको र नगर सरकारले बिशेष पहल गरी फोहोर र दुर्गन्धित ढललाई व्यवस्थित गरि पार्किङ्ग स्थलको रूपमा निर्माण गर्न लागेको छ ।

तानसेन नगरपालिका ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले होलाङ्दीको खुला ढललाई व्यवस्थित गर्न नाली निर्माणका लागि ४९ लाख ९८ हजार बजेटबाट १ सय ३६ मिटरको नाली निर्माण सम्पन्न गरेको बताए । यससँगै तानसेन नगर क्षेत्रभित्र रहेका अन्य खुला ढलकाे व्यवस्थापन गर्ने कार्यहरू चलिरहेकाे नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय