latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, जेठ १८

तानसेन नगरपालिका ५ छापथोकमा घरघरमा खानेपानिको धारा पुगेकाे छ । एक घर एक धारा अभियान अन्तर्गत तानसेन खानेपानि उपभोक्ता समिति पाल्पाको पहलमा सिस्नेमुलको पानी घरघरमा  पुगेको हो ।

स्वच्छ खानेपानीको अभावमा काकाकुल जस्तै बनेका यस भेगका स्थानीयले अहिले घरमा पानी पुगेपछि भने राहतको महशुस गरेका छन । हरेक निर्वाचनमा कालिगण्डकीको पानी घरघरमा वितरण गर्ने आश्वासन हरेक राजनितिक दल र तीनका उम्मेदवारले दिने गरे पनि त्यो अहिलेसम्म सार्थक बन्न सकेको थिएन । तर अहिले खानेपानी उपभोक्त समितिमा मोहन प्रसाद श्रेष्ठको संक्रिय नयाँ नेतृत्व आएपछि भने त्यो सपना विपनामा परिणत भएको हो ।

घरघरमा खानेपानि ल्याउन यस भेगका विभिन्न टोल समुदाय छापथोक सहित माथिल्लो धरमपानि, सेतिपोेखरी र शिवपोखरीका स्थानियले निशुल्क एक हप्ता बढी श्रमदान समेत गरेका थिए । शुद्ध र स्वच्छ खानेपानिको अभावमा चुन मिसिएको पानी पिउन बाध्य भएका यस भेगका करिब ४० घरधुरीलाई निकै सजिलो भएको स्थानिय विष्णु बहादुर  बोहोराले बताउनुभयो । एक कार्यक्रमको आयोजना गरि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले धारा खोलेर खानेपानीको उद्घाटन गर्नुभएको थियो । खानेपानीको उद्घाटन पछि आयोजित औपचारिक कार्याक्रममा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन ५ का स्थानियलाई कहिलै पनि खानेपानीको समस्या हुन नदिने बताउदै यसभेगको चौतर्फी विकासमा नगर सरकार गम्भीर रहेको  बताउनुभयो ।

यस्तै कार्यक्रमामा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली, कार्यबाहक वडा अध्यक्ष मान बहादुर कार्की, खानेपानि डिभिजन कार्यालयका प्रमुख आविद हुषेन,समाजसेवी शलिकराम रावल, दिनेश रावल, तुल बहादुर रावल लगायतले बोल्दै यसभेगका स्थानियको घरघरमा खानेपानी ल्याउने लक्ष्य पहिले देखि नै राखिएको भए पनि एक दुई जना व्यक्तिको अवरोधले रोकिदै आएको बताउनुभयो । तर अहिलेको तानसेन खानेपानी उपभोक्त समितिको संक्रियता, टिमको समन्वय र स्थानीयको सहकार्यले मात्र खानेपानी पुग्न सफल भएको कार्यक्रममा सहभागी बक्ताले बताउनुभएको थियो ।

कार्यक्रममा तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले छापथोकबासीको जस्तै गरि सेतिपोखरी, धरमपानि र शिवपोखरीका स्थानियको समेत तिर्खा मेटाउने बताउनुभयो । यसको लागि अहिलेसम्म यसका भेगका स्थानीयले साथ दिदै आएको र आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । खानेपानीको शुल्क समायोजनमा उपभोक्ता समितिले आगमी दिनमा मिलान गरेर जाने समेत जानकारी दिनुभयो । कार्यक्रममा साविक तानसेन १२ र १३ नं वडाका विभिन्न टोला समुदायका स्थानिय, वडाका जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय