पाल्पा, जेठ १६
जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको समस्या हटेको छ । तानसेन खानेपानी उपभोक्ता समितिले आज पत्रकार सम्मेलन गरेर बैशाख, जेठ जस्तो सुख्खा मौषममा समेत यस बर्ष तानसेनमा खानेपानीको समस्या नभएको जनाएको छ ।
पत्रकार सम्मेलनमा तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले दैनिक १९ लाख लीटर पानी संकलन हुने गरेको भएपनि त्यो प्रयाप्त भने नभएको बताउनुभयो । उहाँले बिगतका बर्ष जस्तो १५ देखि २० दिनमा धारामा पानी आउने समस्या अहिले नरहेको जानकारी दिनुभयो ।

समिति गठन भएको छ महिनामा ५० नयाँ धारा थप भई ४ हजार ४३० जना उपभोक्ता रहेका छन् । बिगतमा घर निमार्ण सम्पन्न भएको बर्षौसम्म पनि घरमा खानेपानी जडान नहुने समस्या हल गर्दै निबेदन दिएको एक साता भित्रै धारा जडान हुने गरेको छ ।
उपभोक्ता समितिले सबै मुलका टंकीमा एक एक वटा अतिरिक्त पम्प जडान गर्ने, बिद्युत लाईन सुधार गर्ने, महसुल घटाउन पहल गर्ने, जीर्ण टंकी मर्मत गर्ने, ३० लाख लीटर क्षमताको रिजर्भ टंकी निमार्ण गर्ने जस्ता योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय