latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, जेठ १६

तानसेन नगरपालिकाले लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण कार्यक्रम निर्माण गर्न लुम्बिनीमा कार्यशाला गरेकाे छ । बजेट निर्माणमा जुटेकाे तानसेनले नीति तथा कार्यक्रममै समावेशीकरणलाइ ध्यानदिन कार्यक्रम गरेकाे हाे ।

जेशीमैत्री कार्यक्रम ढाँचा निर्माण कार्यशालामा बाेल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले सबै तह र क्षेत्रका नागरिकहरूले अनुभूती गर्नेगरि नीति तथा कार्यक्रम निर्माण गरिने बताए । उनी भन्छन्, हामी विज्ञ सहित कार्यशालामा अभ्यास गरेर प्राथमिकीरण तथा काेडिङ सहित क्षेत्रगत रूपमा कार्यक्रमहरू निर्माण गर्नेछाैं । हरेक याेजनामा जेसी दृष्टिकाेणलाइ पनि प्राथमिकताका साथ हेर्नेछाैं । साेही कार्यक्रममा बाेल्दै नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले हरेक वर्ग र क्षेत्रका व्यक्तिहरूलाइ अपनत्वबाेध हुने गरि कार्यक्रम निर्माण गर्ने बताइन् । महिला, दलित, अादिबासी लगायत हरेक वञ्चितिकरणमा परेका समूहहरूसँगकाे सहकार्य तथा समन्वयमा याेजनाहरू सञ्चालन हुने बताउँदै उपप्रमुख सिंजालीले समावेशीकरणले विदेभ नभइ सकारात्मक विभेदकाे सिद्दान्तलाइ अगाडी सार्ने गरेकाे बताइन् ।

विश्व शान्तिकाे मुहान लुम्बिनीमा गरिएकाे एक दिने कार्यशालाकाे जेशी विज्ञ मिग्मा ताम्राकारले गरेकी थिइन् । उनले बजेट नीति व्यवस्थापन, विकास, सामाजिक सम्बन्ध, सेवाप्रवाह, नियन्त्रण, पारदर्शिता, प्रक्षेपण, सामाजिक न्याय र भविष्यको आशा एवं सुरक्षा प्रत्याभूत गराउने विधि बन्नुपर्ने बताइन् ।

आर्थिक, सामाजिक र सांस्कृतिक लाभका दृष्टिमा पछि परेका वर्ग तथा सम्प्रदायलाई बजेट तथा कार्यक्रमका माध्यमबाट अवसर उपलब्ध गराउन सामाजिक समावेशितामुखी बजेट निर्माण गर्न कार्यशाला गरिएकाे दि एशिया फाउन्डेसनका लुम्बिनी प्रदेश संयाेजक चुरामणी पाेखरेलले बताए । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) लाई सामाजिक न्याय हेर्ने संयन्त्रको रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय