latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, जेठ १४

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवस युनियन पाल्पाले मनाएको छ । जिल्लाको सरकारी अस्पताल पाल्पा अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाएको हो । प्रेस युनियनले नेपालभरिकै शाखा तथा प्रतिष्ठनमा जेठ १२ देखी  १४ गतेसम्म तीन दिन बिबिध कार्यक्रम गरि दिबस मनाएको छ ।

सोमबार प्रेस युनियनले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल तथा जुस बितरण गरेको हो । कार्यक्रममा पत्रकारसंगै नेपाली काँग्रेसका नेताहरुको समेत सहभागीता रहेको थियो ।  त्यहाँ पुगेका हुन् ।  विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामनासँगै उपचारको लागि सरकारी अस्पतालले निजी अस्पताल सरह सेवा दिन सक्नुपर्ने  युनियनका जिल्ला अध्यक्ष मन गहिरेले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले विरामीहरुप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताउनुृभयो  । उहाँले पत्रकारहरु अस्पतालमै पुगेर कार्यक्रम आयोजना गर्नु आफैमा अनुकरणीय कार्य रहेको बताउनुभयो । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस पाल्पाका उपसभापति तथा युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गहिरे, युनियनका सल्लाहकार तथा काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई, काँग्रेस पाल्पाका प्रवक्ता शोभाखर न्यौपाने, काँग्रेस पाल्पा क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राजमगर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा युनियन जिल्लाका निवर्तमान अध्यक्ष भरत शर्मा, नेपाल ट्रेड युनियन काँग्रेसका सभापति निलकण्ठ देवकोटा, जेसिज पाल्पाका अध्यक्ष अर्जुन कार्की लगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरु अस्पताल पुगेका थिए । अस्पतालकी सूचना अधिकारी प्रमिला पाठकले पत्रकारहरुले अस्पतालमै आएर विरामीहरुको अवस्थाका बारेमा जानकारी लिनुको साथै फलफूल वितरण गरेर उनीहरुप्रति देखाएको माया र सद्भावको प्रशंसा गर्दै  धन्यवाद दिनुभयो ।

युनियनले हरेक वर्ष स्थापना दिवस विरामी, श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुसँग बसेर मनाउँदै आएको युनियनका उपाध्यक्ष रामचन्द्र रायमाझीले बताउनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय