latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, जेठ १२

नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध चयन भएका छन् । पूर्व सचिव ओम बहादुर घर्तीकाे नेतृत्वमा एमाले पाल्पाकाे १० औं जिल्ला अधिवेशन सम्पन्न भएकाे हाे ।

अधिवेशनबाट एमाले उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल(भोजराज) उप–सचिवमा दिपक विश्वकर्मा र महिला उप–सचिवमा मिना जि.सी. चयन भएका छन् । दुइ दिनसम्म चलेकाे अधिवेशनले १ सय १ सदस्यीय जिल्ला कमिटी चयन गरेकाे छ ।

जिल्ला कमिटी सदस्यमा दलिततर्फ  ८ जना, जनजातीमा ८ जना, ४० बर्ष भन्दा मुनी उमेरका युवा १६ जना चयन भएका छन् । यसैगरी महिला खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जना चयन भएका छन् ।  यसैगरी खुला पालिकातर्फ निस्दी, पुर्वखोला, माथागढी, बगनासकाली, रिव्दीकोट र रैनादेवीछहरा गाउँपालिकामा पाँच / पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकामा ३ जना, रम्भा गाउँपालिकामा ४ जना, रामपुर नगरपालिकामा ९ जना र तानसेन नगरपालिकामा १० जना जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।

अध्यक्ष पदका लागि घर्तीमगर र पोखरेलको दावी रहेको थियो । तर सहमतिमा पदाधिकारी टुङ्गिएको नेताहरूले बताएका छन् । तिनाउ गाउँपालिकाको अध्यक्षकाे अनुभव सँगालेका घर्तीकाे नेतृत्वमा एमाले पाल्पाले पूर्णता पाएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय