latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, जेठ १०
नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पा जिल्लाको आगामी नेतृत्व चयन नेतृत्वको दौडमा रहेकै नेताबाट हुने बताउनुभएको छ । बिहिबार नेकपा एमालेको १० औं जिल्ला अधिबेशनको तयारीको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले नेतृत्वको दौडमा रहनुभएका नेताहरुबाटै सर्वसम्मत नेतृत्व चयन हुने बिश्वास ब्यक्त गर्नुभयो ।
नेकपा एमालेको १० औं जिल्ला अधिबेशन भोली र पर्सी तानसेनको नगरपालिका हलमा हुदै छ । अधिबेशनको सबै तयारी पूरा भएको अध्यक्ष घिमिरेले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्न एमालेका महासचिब शंखर पोखरेल आउने कार्यक्रम रहेको छ । जसमा केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्याल, बैजनाथ चौधरी, दल बहादुर राना, लगायतका नेताको उपस्थिती रहने छ । अधिबेशनको अवसरमा नेताद्धय झपेन्द्र जिसी र दल बहादुर रानालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी पत्रकार सम्मलेनमा गराइयो ।

अधिबेशनमा ४७२ जना प्रतिनिधीले पदाधिकारी र सदस्य गरि १०५ जनाको नयाँ जिल्ला कमिटी चयन गर्ने छ । जसमा ५ जना पदाधिकारी ३३ प्रतिशत महिला ,युवा (४० बर्ष नपुगेका) १५ प्रतिशत नेतृत्वमा आउने नेकपा एमाले पाल्पाले जनाएको छ ।
अधिबेशन सम्पन्न गर्न १० लाख खर्च लाग्ने एमाले पाल्पाले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय