latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, जेठ ८

नेपाल विद्यार्थी संघ पाल्पाले चन्द्र र सुर्य अंकित नेपालको झण्डा वितरण अभियानको सुरु गरेको छ । नेविसंघले संगठन विस्तार अभियानकाे सुभारम्भ गर्दै नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले चन्द्र र सुर्य अंकित झण्डा प्रदान गरे ।

राष्ट्रियताको सन्देश सहित राष्ट्रिय झण्डा वितरणले राष्ट्रियता सँगसँगै संगठन अघि बढ्ने नेपाली कांग्रेस पार्टी सभापति हिमालदत्त श्रेष्ठले बताए । विद्यार्थी विभाग प्रमुख तथा पार्टी सचिव सुनिता अधिकारीले सहितले झण्डा वितरण गरेका हुन् । विद्यार्थी विभाग प्रमुख सुनिता अधिकारीले राष्ट्रियताका लडाईमा नेपाल विद्यार्थी संघ महत्त्वपूर्ण सिपाही बनेको ईतिहास रहेको बताउँदै नेविसंघ कलम र मसालका साथमा राष्ट्रियताको पक्षमा जाग्न जरुरी रहेको बताइन् ।

नेपाल विद्यार्थी संघ पाल्पाको टिमले जिल्लाका सम्पुर्ण विद्यालयहरुमा राष्ट्रियताको प्रतीक नेपालको झण्डा वितरण अभियानको शुभारम्भ गरेको नेपाल विद्यार्थी संघ पाल्पाका नेता एवम त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका स्वयु सभापति कृष्ण अर्यालले बताए । राष्ट्रियतासँग सम्बन्धित गौरवपुर्ण यो अभियानसँगै जिल्ला भरि नै सँगठन विस्तार प्रारम्भ भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुवास गैरेले बताए । नेबिसंघ पाल्पाका सभापति दिपक अर्यालले पाल्पा जिल्लाका १० वटै पालिकामा संगठन विस्तारकाे लागि  संयाेजक ताेकिएकाे बताए । जिल्लाका १० वटै स्थानीय तहका विद्यालयहरूमा सँगठन विस्तार गर्ने र नेपालकाे झण्डा हस्तान्तरण गरिने सभापति अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय