latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

गोपालप्रसाद वश्याल
अनुसन्धान ब्यवस्थापन समिति, त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको आयोजना र त्रिभुवन विश्वविद्यालय, अनुदान आयोगको सहयाोगमा प्राध्यापमकहरूका लागि तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
त्रिभुवन क्याम्पस तानसेन, शहीद क्याम्पस रामपुर, भैरव बहुमुखी क्याम्पस छहराका गरी ५० भन्दा बढी प्राध्यापक सहयभागी यस तालिमको समापन सत्रमा क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले सहभागी एवम् कार्यपत्र प्रस्तोताहरूलाई प्रमाण पत्र एवम् प्रशंसा पत्र वितरण गर्नुभयो ।
समापन कार्यक्रममा क्याम्पस प्रमुख भट्टराईले अनुसन्धान समितिले समयसमयमा गरिेका प्रकाशन, गोष्ठी, प्रशिक्षण लगायतका कार्यको प्रशंसा गर्दै प्राध्यापपकहरूको पेशागत विकास र क्याम्पसको शैक्षिक उन्नयनका कार्यक्रममा क्याम्पस प्रशासनले सदैव सहयोग गर्ने बताउनु भयोे ।
सहभागीका तर्फबाट त्रिभुवन क्याम्पसका प्रतिभा पौड्याल, शहिद क्याम्पसका इश्वरी अर्याल, त्रिभुवन क्याम्पसका राजीव कुमार शाहले तालिमको उपयाउगिता र आफूले सिकेका सिपका बारेमा चर्चा भर्नुभयो ।
जेठ ५, ६, र ७ गते माधव देवकोटा स्मृति सभाहल स१चालित कार्यक्रममा ६ जना प्राध्यापकहरूबाट १२ वटा अनुसन्धनात्मक कार्यपत्रहरू प्रस्तुत गरिएका अनुसन्धान समितिका अध्यक्ष डा. शंकर गैरेले बताउनुभयो ।
समापन कार्यक्रम अध्यक्ष गैरेको अध्यक्षता र समितिका सदस्य डा रामनाथ न्यौपानेको सञ्चालन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय