latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

झविन्द्र देवकोटा

पाल्पा, जेठ ६
पाल्पा, तानसेन नगरपालिका वडा नं २ मा रहेको महेन्द्र बोधि मा.वि.(एमबिएस स्कूल)मा विद्यार्थीका लागि सल्लाह तथा परामर्श कक्षको एक कार्यक्रमबा बिच उद्घाटन गरिएको छ ।
तानसेन नगरपालिकाकी मनोसामाजिक परामर्श कर्ता कुसुम आले फालले परामर्श कक्षको उद्घाटन गर्नुभएको हो । बुक फ्रि फ्राइडे कार्यक्रमको तेस्रो सेसनमा उहाँले विद्यालय स्वास्थ्य शिक्षा सम्बन्धमा प्रशिक्षण दिँदै अहिलेका बालबालिकामा मनोसामाजिक विचलन आएको बताउनुभयो । उहाँले विद्यालयमा सल्लाह तथा परामर्श कक्ष हुनु निकै उदाहरणीय काम भएको बताउँदै विद्यालयको आवश्यकता अनुसार आफुले सेवा दिने बताउनु भयो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक केशव के.सी.को अध्यक्षतामा चलेको थियो ।
विद्यालयले हरेक शुक्रबार बुक फ्रि फ्राइडे कार्यक्रम अन्र्तगत पहिलो सेसनमा परियोजना कार्य संकलन र विषयगत सामान्य ज्ञान प्रतियोगिता, दास्रो सेसनमा अंग्रेजी भाषा सिकाइ, तेस्रो सेसनमा विद्यार्थी क्षमता विकासका गतिविधिका साथै अतिरिक्त क्रियाकलाप र चौथो सेसनमा परियोजना कार्य वितरण गर्दै आएको छ ।
स्मरण रहोस् विद्यालयले बिहान ९ बजेदेखि कक्षा सञ्चालन, विद्यार्थीको नेमप्लेट निर्माण, अनुशासन र शान्तिका लागि बौद्ध शिक्षा कार्यक्रम, बालमैत्री वातावरणमा मुस्कान सहितको विद्यालय प्रवेश, संगीत र पिटी सहितको प्रार्थना कार्यक्रम सञ्चालन, नेपालकै पहिलो सामाजिक प्रयोगशालामा सामाजिक विषय सिकाइ सहजीकरण, शिक्षक र विद्यार्थीका लागि शैक्षिक सामग्री निर्माण कक्षको निर्माण, सबै विद्यार्थीको पोर्टफोलियोमा प्रत्येक हप्ता प्रत्येक विषयको प्रोजेक्टवर्क र विद्यार्थीको प्रतिभालाई रेकर्ड राख्ने व्यवस्था,
उत्कृष्ट विज्ञान प्रयोगशालामै विज्ञान विषय गर्दै सिक्दै कार्यक्रम, प्रत्येक कक्षामा बुक कर्नर, सबैभन्दा बढी विद्यालयलाई समय दिने शिक्षक र अभिभावकलाई सम्मान, विद्यार्थी भलाईकोष दान पेटिका मार्फत विद्यार्थी प्रतिभा पुरस्कार प्रदान, कक्षा नर्सरीदेखि कक्षा १०सम्म प्रतिकक्षा ३० जना मात्रै विद्यार्थी भर्ना गर्ने लगायतका विविध कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय