पाल्पा, वैशाख ३१

देववाणी सस्कृतिक तथा साधारण माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग तानसेन नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले अन्तरक्रिया गरेका छन् । कक्षा ६ मा अध्ययनरत करिब ५० जना विद्यार्थीहरूसँग नगर प्रमुख श्रेष्ठले अन्तरक्रिया गरेका हुन् ।

विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप शिक्षण सिकाइ कार्यक्रम अन्तर्गत नगर प्रमुखसँग विद्यार्थीहरूले छलफल गरेका हुन् । तानसेन नगरपालिकाकाे मिनिहलमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सरकारले के कस्ता गतिविधिहरू गरिरहेकाे छ । तानसेनकाे शिक्षा शाखाले कस्ता काम गरेको छ । तानसेनकाे श्रीनगरडाडामा डढेलाे लाग्दा स्थानीय सरकारले कसरी काम गर्याे लगाएतमा केन्द्रित रहेर प्रश्न राखेका थिए ।

तानसेन २ मा रहेको देववाणी सास्कृतिक तथा साधारण माविका कक्षा ६ मा पढ्ने विद्यार्थीहरूले नगर प्रमुखसँग गरेका प्रश्न आम नागरिकहरूले गर्ने प्रश्न भन्दा कम थिएन । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले नगर सरकारले गरेका गतिविधिका बारेमा जानकारी लिन पाउन र स्थानीय सरकारकाे काम कर्तव्य र अधिकारका बारेमा जानकारी लिनुले विद्यार्थीकाे थप ज्ञान वृद्धि टेवा पुग्ने अपेक्षा गरिएको देववाणी सस्कृति तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले बताए । विद्यार्थी अभावका कारण झण्डै मर्च हुने अवस्थामा पुगेकाे यस विद्यालयले पछिल्लो समयमा जिल्लामै उत्कृष्ट नतिजा दिदै आएका छ । विद्यालयले विद्यार्थीहरूलाई अध्ययन अध्यापनकाे साथै अतिरिक्त क्रियाकलापमा जाेड दिदै आएकाे प्रअ थापाले बताए ।

विद्यार्थीहरूले गरेका प्रश्नकाे जवाफ दिदै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले हरेक विद्यार्थीले देशमा रेहका तीन तहका सरकारका बारेमा जानकारी लिनुपर्ने बताए । तानसेन नगरपालिकाले शिक्षाकाे क्षेत्रमा पर्यटन, स्वास्थ्य, खेलकुद, खानेपानी, कृषि, आन्तरिक राजस्व वृद्धि लगाएतकाे क्षेत्रमा काम गरेको बताए । तानसेन नगर सरकारले तानसेनमा विगतकाे समय देखि आम तानसेन नगरबासीले भाेग्दै आएकाे खानेपानीकाे समस्यालाई स्थानीय सरकार आएसँगै केही हद सम्म समाधान गर्न सफल भएको बताए । तानसेनमा विशेष गरि बैशाख,जेठ महिनामा १५ दिनमा एक पटक पानी आउथ्याे अहिले त्याे समस्याकाे समाधान भएको बताए । त्यस्तै शिक्षाकाे क्षेत्रमा नगरपालिकाले विद्यार्थीहरूलाई दिवा खाजा कार्यक्रमका लागि सहयोग गर्दै आएको बताए ।  नेपाल सरकार विद्यार्थीकाे दिवा खाजा कार्यक्रमकाे लागि प्रती व्यक्ति १५ रूपैयाँ दिदै आएकाे थियाे । अहिले नगर सरकारले बजार महङ्गीकाे अवस्थालाई मध्ये नगर गरि प्रती व्यक्ति ५ रूपैयाँ थप गरि प्रती व्यक्तिलाई २० रूपैयाँ प्रदान गरेको बताए ।

कार्यक्रम तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले विद्यार्थीहरूले स्थानीय सरकारले गरेका गतिविधिका बारेमा जान्ने चासाे लिएर नगरपालिका सम्म आएकाेमा विद्यार्थीहरूलाई स्वागत गरिन । विद्यार्थीहरूले दिएका सल्लाह सुझावले नगरसरकारले मध्ये नगर गरि विद्यार्थीहरूकाे हितका लागि सकारात्मक र रचनात्मक कार्यक्रम ल्याउने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय