latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, वैशाख ३१

नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १४ औं साधारण सभा सम्पन्न भएकाे छ । १४ औं साधारण सभाले संस्थाका सचिव यज्ञमूर्ती तिमिल्सिनाले प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपाने प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन पारित गरेकाे छ ।

साधारणसभा सम्पन्न भएपनि  ११ औं अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम भने महासंघको केन्द्र, प्रदेश र जिल्लाको एकै दिन जेठ २६ गते हुनेछ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पाली पत्रकारिता क्षेत्र शाखाको गरिमा कायम राख्न वर्तमान कार्य समिति पूर्ण रुपमा सफल भएको बताए । उपाध्यक्ष भरत शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले शुभकामना दिँदै पत्रकारले वस्तुनिष्ठ भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । शाखाका पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले पत्रकार महासंघ पाल्पा शाखा र पाल्पाली पत्रकारिता क्षेत्रको गौरवपूर्ण इतिहास रहेको बताए । पूर्व सभापति झपेन्द्र गैरेले स्थानीय मिडिया जोगाउने अभियान कै रूपमा लैजान र युग सुहाउँदो मिडिया बनाउनुपर्ने बताए ।

शाखाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल, सल्लाहकार कमलराज तिमिल्सिना, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य गीता ज्ञवाली, प्रदेश परिषद् सदस्य मिलन बिक, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, प्रेस युनियन पाल्पाका सभापति मन गैरे, समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरे, जनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले शुभकामना राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय