latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, वैशाख ३१

नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १४ औं साधारण सभा सम्पन्न भएकाे छ । १४ औं साधारण सभाले संस्थाका सचिव यज्ञमूर्ती तिमिल्सिनाले प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपाने प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन पारित गरेकाे छ ।

साधारणसभा सम्पन्न भएपनि  ११ औं अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम भने महासंघको केन्द्र, प्रदेश र जिल्लाको एकै दिन जेठ २६ गते हुनेछ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पाली पत्रकारिता क्षेत्र शाखाको गरिमा कायम राख्न वर्तमान कार्य समिति पूर्ण रुपमा सफल भएको बताए । उपाध्यक्ष भरत शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले शुभकामना दिँदै पत्रकारले वस्तुनिष्ठ भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । शाखाका पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले पत्रकार महासंघ पाल्पा शाखा र पाल्पाली पत्रकारिता क्षेत्रको गौरवपूर्ण इतिहास रहेको बताए । पूर्व सभापति झपेन्द्र गैरेले स्थानीय मिडिया जोगाउने अभियान कै रूपमा लैजान र युग सुहाउँदो मिडिया बनाउनुपर्ने बताए ।

शाखाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल, सल्लाहकार कमलराज तिमिल्सिना, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य गीता ज्ञवाली, प्रदेश परिषद् सदस्य मिलन बिक, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, प्रेस युनियन पाल्पाका सभापति मन गैरे, समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरे, जनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले शुभकामना राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय