पाल्पा, वैशाख २८

रामपुर नगरपालिका वडा नं.६ पाल्पामा मादल बजाउने तालिम बिहिवार सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नं. ६ को संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत संरक्षण समितिको समन्वयमा मादल बजाउने तालिम सम्पन्न गरेको हो । तालिमको एक कार्यक्रमका विच समापन गरिएको छ ।

सहभागीलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले तालिमले कला ज्ञान सिप आर्जन संगै संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै उहाँले गाँउ छिमेकमा हुने विभिन्न कार्यक्रममा मादल बजाउने व्यक्तिको अभाव नहुने उल्लेख गर्नुभयो ।उपप्रमुख थापाले नेपालीहरुको मौलिक संस्कृतिको जगेर्ना संगै महत्व बढाउन तालिम लाभदायी हुने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका सल्लहाकार तथा निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपानेले तालिम मादल बजाउनमा मात्र सिमित नभएको भन्दै यसले संस्कृतिको संरक्षण संगै बाजाको संरक्षण पनि हुने बताउनुभयो ।समापन कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष राम प्रसाद गैरेले तालिममा सिकेका ज्ञानलाई अभ्यास मार्फत दक्ष मादल बाधक बन्न आग्रह गर्नुभयो । यस्तै तालिमका प्रशिक्षक कलाकार हुम विसीले १० दिनको तालिममा मादल बजाउनका लागि आधारभूत ज्ञान सिप सिकएको बताउँदै सिकेका ज्ञानसिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिममा सहभागिहरुको तर्फबाट मधुरा पाठकले संस्कृतिको संरक्षणका लागि प्रदान गरिएको तालिम आफुहरुका लागि उपलब्धीमूलक भएको भन्दै मादल र संस्कृतिको संरक्षणका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामपुर नगरपालिका वडा नं.६ का अध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्यको स्वागतबाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद मञ्जु ढुंगानाले ज्ञापन गर्नु भएको थियो भने सञ्चालन सुष्मा आलेले गर्नु भएको थियो । समापनका अवसरमा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । १० दिन सम्म चलेको तालिममा वडा नं.६ का २५ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय