उद्यमशीलता तथा वित्तीय साक्षरता सम्बन्धी तालिम रामपुर शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको संयुक्त आयोजनामा एक हप्ते तालिम शुरु भएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले उद्यम व्यवसायको वृद्धि र विकासले मात्र समग्र नगरको आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो । उहाँले उद्योग व्यवसायको विकास नभए सम्म आर्थिक विकास नहुने उल्लेख गर्नुभयो । यसका लागि उद्यम गर्ने योजना बनाएका र उद्यम गरिरहेका उद्यमीहरुलाई योजना बनाएर सफल उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो।साथै दृढ उद्देश्यका साथ व्यवसायमा लाग्न आग्रह गर्नुभएको छ ।यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले योजनाबद्ध तरिकाले उद्यम व्यवसाय गरे सफलता हासिल गर्न सकिने बताउनुभयो ।साथै सहभागिहरुलाई तालिम ध्यानपूर्वक सिक्न अनुरोध गर्दै सफल व्यवसायी बन्न आग्रह गर्नुभयो ।कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रुची र क्षमता अनुसारको व्यवसायले सफलता हासिल हुने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय युवा परिषदका चन्दा थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै उद्यमको छनौट ,योजना निर्माण,लगानी, ऋण लगायतका विषयमा सहजिकरण गरिने बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रम आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमको स्वागत र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको संचालनमा सम्पन्न भएको हो ।  तालिममा रामपुर नगरपालिका भित्रका ३६ जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय