latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, वैशाख २६

पाल्पामा रहेकाे सुधारगृहमा रहेका बच्चाहरूकाे जन्मदर्ता गरिएकाे छ । तानसेन नगरपालिका वडा नं. ६ कार्यालयद्वारा जन्मदर्ता गरिएकाे हाे ।

कारागारमा रहेका बाबुअामाका छाेराछाेरीहरूकाे  जन्मदर्ता नहुँदा बच्चाको पठनपाठन, स्वास्थ्य बिमा, जीवन बिमा लगाएतका काममा बञ्चित हुनु परेकाे भन्दै अनलाइन घटनादर्ता गरिएको तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनले बताए । कारागार प्रमूख भगवान भक्त अर्यालको सिफारिसमा कानुन अनुसार नै जन्मदर्ता गरको स्थानीय पन्जिकाधिकारी विशाल ओलीले बताए ।

सुधारगृहमा रहेका बन्दिको स्थायी ठेगानामा जन्मदर्ता गर्ने प्रावधान अनुसार बन्दिलाई स्थायी ठेगानामा लैजाना असहज हुने साथै नीजको पारिवारिक अन्य सदस्य समेत स्थायी ठेगानामा नहुँदा जन्मदर्ता ४ बर्ष पुगिसक्दा पनि जन्मदर्ता हुन नसकेकाेले निर्दाेष अवाेध बच्चाहरूलाइ दृष्टिगत गर्दै जन्मदर्ता गरिएकाे वडा कार्यालयले जनाएकाे छ ।

जन्मदर्ता जन्मेको ३५ दिन भित्र गर्नुपर्ने प्रावधान छ । ३५ दिन भित्र घटना दर्ता नगरेमा विलम्ब शुल्क लिई अवस्था निर्क्योल गरेर मात्र दर्ता गर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय