latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, वैशाख २१
पाल्पा तानसेनको डुम्रेदेखी गुफाचौर हुँदै होलाङ्दी सडकको स्तरोन्नती हुने भएको छ । तानसेन नगरपालिकाले विश्व बैंकसँग एक सम्झौता गरेसँगै सडक फराकिलो तथा कालोपत्रे हुने भएको हो ।
तानसेन नगरपालिकाको गौरब योजनाको रूपमा रहेको डुम्रे खोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दी जोड्ने मोटरबाटो स्तरोन्नतिको सम्झौता गरिएको हो ।
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने सडक स्तरउन्नतीका लागि तानसेन नगरपालिका र वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालि बीच सम्झौता गरिएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिङ्जाली, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला सहित वडाध्यक्ष र कर्मचारीहरुको उपस्थितिमा आयोजनाको सम्झौता भएको हो ।
आयोजनाको कुल सम्झौता रकम ४५ करोड ७६ लाख ८३ हजार ८४ रूपैयाँ ७७ पैसा रहेको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यो बाटो तानसेन नगरपालिकाको गौरब योजनाको रहेको भन्दै सडकको योजना धेरै प्रयास पछि नगरपालिका ल्याउन सफल भएको बताए । सडक निर्माण भएपछि तानसेन वडा न १० र ११ का नागरिकहरू लाभान्वित हुने नगर प्रमुख श्रेष्ठले बताए । बाटो स्तरउन्नति भएपछि पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाई बनी रहेको पर्यटकिय स्थल गुफा चौरको पर्यटन प्रवर्द्वनमा महोत्वपुर्ण भूमिका खेल्ने अपेक्षा रहेको बताए ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाका अनुसार आयोजनाको सम्झौता बमोजिमको वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालिलाई १३ महिना भित्र काम सक्ने गरि सम्झौता गरिएको बताए । यस आयोजनाबाट करिब ६ दशमलव ८ किलोमिटर सडकको स्तरउन्नती हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय