latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, चैत २८

नेपालकै पुरानो दक्षिण एशियाकाे ठूलाे ढोका पाल्पा तानसेन शितलपाटीकाे मूल ढोकाको मर्मत भएको छ । तानसेन नगरपालिकाले पाल्पा दरबार परिसरलाइ विश्वसम्पदा सूचीमा समावेश गर्ने याेजना अगाडी बढाएसँगै जीर्ण अवस्थामा रहेकाे मूल ढोकालाई पुरानै स्वरुपमा मर्मत गर्ने कार्य सुरू गरिएकाे हाे ।

तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आगामी २०८१ असार मसान्तभित्र काम सक्ने गरी मूल ढोकाको मर्मतसुधार सुरु भएको र यसका लागि ८१ लाख ९५ हजार १२९ रुपियाँमा ठेक्का लगाइएको बताए । उनले दरबार क्षेत्र बाहिरकाे पर्खाल निर्माण लगायतका कार्य पनि पुरातत्व विभागकाे प्रत्यक्ष निगरानीमा काम सम्पन्न हुने क्रममा रहेकाे बताए । पाल्पा दरबार परिसरको ऐतिहासिक नक्सा र संरचना बिग्रन नदिने गरी हाल सो क्षेत्रमा नगरपालिका, लुम्बिनी प्रदेश सरकार तथा पुरातत्व विभागको लगानीमा पर्खाल लगाउने कार्य भएरहेको छ ।

एक सय ७० वर्षपहिले नेपालको आन्तरिक सुरक्षा तथा बाह्य सुरक्षालाई ध्यान दिँदै मूल ढोका तथा दरबार परिसरका संरचना बनाइएको थियो । मूल ढोकाको उचाइ पाँच मिटर बढी र चौडाइ तीन मिटर रहेको छ । ढोका बनाउन ठूला काठ र ठूला ढुङ्गाको प्रयोग गरिएको छ । वि.स. १९११ सालमा दरबारको सुरक्षाका लागि पाल्पा दरबार परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको पर्खाल र भित्र हातहतियारसहित सेनाको टोली प्रवेश गर्न मिल्ने ढोका तत्कालित प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुवँरले दरबार परिसरको सुरक्षाका लागि मूल ढोका बनाउन लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय