पाल्पा, चैत २५

नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको बैंठक पाल्पाको ऐतिहासिक क्षेत्र रानीमहलमा सम्पन्न भएकाे  छ । रानीमहलकाे प्रचारप्रसारसँगै पर्यटन पूर्वाधार निर्माणमा ध्यानाकर्षण गराउन र पार्टीलाइ थप बलियाे बनाउन प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम रानीमहल क्षेत्रमा गरिएकाे बताइएकाे छ ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले प्रदेशका सबै स्थानीय सरकारलाइ ध्यानाकर्षण गराउन रानीमहल क्षेत्रमा कार्यक्रम राखिएकाेब बताइ । पार्टीको संगठन बलियाे बनाउन भन्दै प्रशिक्षण कार्यक्रमलाई हरेक स्थानीय तह, क्षेत्र, वडा तथा समुदायमा क्रियाशिल कार्यकर्तालाइ प्रशिक्षण दिने अभियान सुरू गरिएकाे उनले बताए । लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका श्रेष्ठले नेपाली कांग्रेसका अगुवा कार्यकर्तालाई प्रशिक्षित नगर्दासम्म पार्टी बलियो हुन नसक्ने भएकाेले प्रशिक्षणमार्फत नीति, सिद्धान्त र विचारलाई परिस्कृत गर्दै सम्मुन्नत समाज निर्माणका लागि कांग्रेसलाइ परिस्कृत गर्न लागिएकाे बताए ।

कांग्रेस पार्टीलाई चलायमान बनाएर कमीकमजाेरीहरूलाइ सुधार गर्दै अगाडी बढाउन जरूरी रहेकाे लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले बताए । उनी भन्छन् प्रेमकाे प्रतिक रानीमहलले कांग्रेस र जनताकाे प्रेमलाइ सुदृढ बनाउँदै अगाडी लैजाने वातावरण सिर्जना गर्न प्रेरणा प्रदान गरेकाे छ । नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले प्रशिक्षण कार्यक्रमलाई उपलव्धी मूलक बनाउन वडा तहसम्मै एउटै शैलिमा प्रशिक्षण गरिने र युवा र महिलाहरुलाई उद्यमशीलतामा जाेड्न प्रयत्न गरिने बताए । कांग्रेस पाल्पा सभापती श्रेष्ठले पाल्पाकाेमात्र नभएर नेपालकै ऐतिहासिक, पर्यटकीय, प्रेमिल क्षेत्रभित्र बैठक राजनीतिक रूपमा हुनुहुँदैन तर यसलाइ प्रचारप्रसार गर्न जरूरी छ भनेर यहाँ बाहिरी जिल्लाका साथीहरूलाइ घुमाइ, यहाँकाे ऐतिहासिकता बताएर बाहिरी क्षेत्रमा गएर कार्यक्रम गरिएकाे बताए ।

तानसेन नगरपालिका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले जनसहभागिता मूलक कार्यक्रमकाे अावश्यकता र अाैचित्य रहेकाे भन्दै यसका लागि कार्यपालिकामा प्रतिनिधित्व गर्नेहरूसम्म प्रशिक्षणकाे जरूरी रहेकाे बताए । बैंठकले काँग्रेस पाल्पा जिल्ला उपभापति झपेन्द्र गहिरेको संयोजकत्वमा प्रशिक्षण शैली पुस्तिका प्रकाशन समिति गठन गरिएको छ । प्रदेशको प्रशिक्षण विभागको तर्फबाट जारी हुने उक्त पुुस्तिका लागि  गहिरेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेल, सदस्यहरुमा क्रमशः गुल्मीका  गुणानीधी शर्मा, दाङका गोविन्द न्यौपाने, रोल्पाका कविता उपाध्याय रहेका छन् ।

बैंठकका निर्णय सार्वजनिक गर्दै विभागका सभापति भुवन प्रसाद श्रेष्ठले आगामी बर्ष २०८१ को चैत्र भित्र प्रदेश भित्रका १ सय ९ स्थानीयतहमा पार्टी प्रशिक्षण सञ्चालन गर्ने, तीन महिना भित्र प्रशिक्षण शैली पुस्तिका प्रकाशन र अर्को बैंठक नवलपरासीमा गर्ने निर्णय गरेको जानकारी दिए । कार्यक्रममा १२ जिल्लाका २४ जनाकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय