latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

पाल्पा, चैत १४

जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष भुपति पाण्डेमाथि मंगलवार रामपुरमा आक्रमण भएको छ । आक्रमणमा परि घाइते भएका अभियन्ता पाण्डेकाे युनाइटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेकाे छ ।

जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघले विज्ञप्ती जारी गर्दै घटनाकाे निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका सचिव कृष्ण भुसाल र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष जगदीश भट्टराईद्वारा विज्ञप्तीमा भनिएको छ, ‘जिल्ला सहकारी संघ लि. पाल्पाका अध्यक्ष, वचत तथा ऋण सहकारी संघ लि, का सल्लाहकार, पाल्पा जिल्ला सहकारीका असल अभियन्ता भुपति पाण्डे माथि चैत्र १३ गतेका दिन रामपुरमा भएकाे सांघातिक आक्रमणकाे घटनाले सिंगाे सहकारी अभियानकाे गम्भीर ध्यानाकर्षण भएकाे छ ।’

रामपुर स्थित सुर्योदय कृषि सहकारी र ताल पाेखरा कृषि सहकारी बिच एकीकरणका बिषयको छलफलका क्रममा भएको घटना निन्दनीय रहेको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘यस बर्षको सरकारी अभियानको “सहकारी मा सुशासन प्रबिधि र एकीकरण” भन्ने नारा लाई सार्थक बनाउनको निमित्त रामपुरको सुर्योदय सहकारी र ताल पाेखरा कृषि सहकारी बिच एकीकरणका बिषयको छलफलका क्रममा रामपुर निवासी सोमबहादुर सेन र रुद्र नारायण श्रेष्ठ लगायतका व्यक्तिहरुले सुनियोजित रुपमा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष माथी सांघातिक आक्रमणले गर्दा गम्भीर घाइते हुनु भएको छ । उहाकाे मिशन अस्पताल तानसेनमा उपचार भई रहेकाे छ ।

सहकारी अभियानलाई जताततैबाट विभिन्न किसिमबाट प्रहार भई रहेकाे वर्तमान अवस्थामा छलफल,सहमति र सहजताका साथ हुनपर्नेमा व्यक्तिगत रुपमा सांघातिक आक्रमण हुनु निन्दनीय र गैरकानूनी कार्य हाे तसर्थ यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कानून बमाेजिम कडा भन्दा कडा कार्यवाहीको माग गर्दै घाईते भुपति पाण्डेकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछाै ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय