latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, चैत ५

मर्मतका लागि बन्द गरिएको तानसेन-रानीमहल सडक सञ्चालनमा आएको छ । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल पुग्ने बाटाे साेमबारदेखी पूर्ण रूपमा सुचारू भएकाे हाे ।

पाल्पा जिल्लाकाे सदरमुकाम तानसेनदेखी रानीमहल जाने बाटाेकाे बैकुन्ठे भीरमा ढलान कार्य गर्नका लागि गएको माघ १७ गतेदेखि आइतबारसम्म ४८ दिन बन्द भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले बताए । रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो ।

१५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक बन्द भएपछि तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपरेको थियो । पर्यटकीयस्थल रानीमहल दैनिक ५ सय बढी यात्रु ओहोरदोहोर गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय