latest
रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||    आत्मनिर्भर र समृद्ध समाज अभियानः तिनाउको नीति तथा कार्यक्रम सार्वजनिक  ||    रामपुरमा बालबालिका लक्षित भलिबल तथा फुटबल प्रशिक्षण  ||    समावेशी विकासलाई प्राथमिकता सहित रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम  ||   
मंगलबार , असार १०, २०८२

पाल्पा, चैत ५

मर्मतका लागि बन्द गरिएको तानसेन-रानीमहल सडक सञ्चालनमा आएको छ । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल पुग्ने बाटाे साेमबारदेखी पूर्ण रूपमा सुचारू भएकाे हाे ।

पाल्पा जिल्लाकाे सदरमुकाम तानसेनदेखी रानीमहल जाने बाटाेकाे बैकुन्ठे भीरमा ढलान कार्य गर्नका लागि गएको माघ १७ गतेदेखि आइतबारसम्म ४८ दिन बन्द भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले बताए । रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो ।

१५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक बन्द भएपछि तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपरेको थियो । पर्यटकीयस्थल रानीमहल दैनिक ५ सय बढी यात्रु ओहोरदोहोर गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय