पाल्पा, चैत ४

नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले अबको युग कुनै जाती विशेष, लिङ्ग विशेष र भुगोल विशेष नभई श्रम गर्ने श्रमिक तथा मजदुरहरुको भएको बताएका छन् । नेपाल यातायात मजदुर संघ पाल्पाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले खाली पेट राजनीति एवं समाजसेवा दुबै अर्थहीन रहेको बताउँदै सीप सँगै श्रम अपरिहार्य रहेको कुरामा जोड दिए । नेपाल यातायात मजदुर संघ जिल्ला कार्यसमिति पाल्पाको अधिवेशन विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै श्रेष्ठले श्रमको उच्च प्रशंसा गरेका हुन् । श्रमहरु एक अर्कामा परिपुरक रहेको बताउँदै उत्तिकै महत्त्व रहेकाले श्रम गर्न नहिच्किचाउन समेत उनले अनुरोध गरेका छन् । श्रमिकका हकहित र समस्याको सम्बोधनका निमित्त संगठन आवश्यक रहेको बताउँदै नेपाल यातायात मजदुर संघको नवगठित समितिले आफ्ना समस्याहरू र समाधानका उपायहरूको अध्ययन सहित प्रस्तुत हुने र उक्त सम्बोधनका लागि नेपाली काङ्ग्रेस पाल्पाले सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । काँग्रेसको मिसन ०८४ नभएको बताएका छन् । केही राजनीतिक दलहरुले मिसन ०८४ भन्दै हिडिरहेका बेला उनले भने काँग्रेसको मिसन ०८४ नभएको स्पष्ट पारे ।

सभापति श्रेष्ठले काँग्रेसको मिसन ०८४ नभई झुपडीका घरहरुबाट गरिबी हटाउनुु रहेको बताए । उनले भने ‘चुनावलाई लक्षित गर्दै केही राजनीतिक दलहरु मिसन ०८४ को कुरा गरिरहनु भएको छ । तर काँग्रेसले भने कसरी झुपडीबाट गरिबी हटाउन सकिन्छ भनेर लागि रहेको छ ।’ काँग्रेसको एक मात्र मिसन भनेको विपन्न नागरिकका घरको धुरीबाट गरिबी हटाउनुु रहेको सभापति श्रेष्ठले बताए । ‘हामीले ठूला कुरा गर्दैनौं, जब सम्म आम नागरिक सम्पन्न हुँदैनन् तबसम्म न मुलुक बन्छ नत हाम्रो राजनीतिले सार्थकता प्राप्त गर्दछ । त्यसैले हामी आमनागरिकलाई उत्पादन र रोजगारीसँग जोडेर गरिबीको अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल यातायात मजदुर संघका केन्द्रीय महासचिव जगन्नाथ गाैतमले नेपाल यातायात मजदुर संघले यातायात मजदुरहरूकाे हक हित र अधिकारका लागि काम गर्दै आएकाे बताए । आगामी दिनमा नवनिर्वाचित समितिले यातायात मजदुरहरूलाई एकताबद्व गरि आफ्ना सांगठनिक गतिविधिहरूलाई चलाएमान बनाउन आर्गह गरे ।

नेपाली काङ्ग्रेस पाल्पाका सचिव सन्तोष कुमार थापा मगरले देश निर्माणमा सबैभन्दा ठुलाे भुमिका मजदुरकाे रहेको बताए । संघमा आवद्व हुनुभएका राष्ट्रियता,लाेकतन्त्र र समाजवादकाे सिद्धान्तलाई आत्मसाथ गर्ने गरि संगठित मजदुरहरूले आफ्नाे पेशा र व्यवसायलाई सम्मानित र मर्यादित बनाई अगाडि बढ्न आर्गह गरे ।

उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य माधव नेपालले
संघ मार्फत मजदुरहरूलाई संगठित गर्न नँया प्रयास गरेको बताउनुभयो । अहिले देशमा मजदुर व्यवासयीहरू सुरक्षित हुन नसकेको बताए । देशमा व्यवसायी मजदुरहरू मर्कामा परेका छन । सरकारले यस तर्फबाट ध्यान दिन नसकेको बताए । आगामी दिनमा संघले मजदुरहरूकाे दुख र सुखमा साथ र सहयोग दिई एकताबद्ध भइ अगाडि बढ्न आर्गह गरे । काेभिड पछि यातायात श्रमिकहरू समस्यामा परेकोले सरकारले यस तर्फ गम्भीर ध्यान दिनुपर्ने बताए ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका जिल्ला सभापति निलकण्ठ देवकोटाले मजदुरकाे हक हित र अधिकारकाे सुनिश्चितताकाे लागि ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्य समिति पाल्पा सधैं तयार रहेको बताए ।

नेपाली काङ्ग्रेसका जिल्ला सदस्य माधव थापाले यातायात मजदुरहरूकाे पेशालाई मर्यादित बनाउन,हक हित र अधिकारकाे लागि एकताबद्ध बनाउन सम्मेलनले सहयोग गर्ने बताए । कार्यक्रममा श्रीनगर यातायात व्यवसायी समितिका अध्यक्ष डिल बहादुर ढुंगाना,नेपाल दलित संघका जिल्ला उपाध्यक्ष दिनेश गान्धर्व लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संघका केन्द्रीय सदस्य मुक्ति राम खरेलकाे सञ्चालन ,नेपाल यातायात मजुदर संघका केन्द्रीय उपाध्यक्ष भेष बहादुर खड्काकाे अध्यक्षमा सम्पन्न भएको थियाे ।

नेपाल यातायात मजदुर संघ जिल्ला कार्यसमिति पाल्पाकाे अध्यक्षमा ढुंगाना

नेपाल यातायात मजदुर संघ पाल्पाकाे अध्यक्षमा बिष्णु ढुंगाना सर्वसम्मतिले अध्यक्ष पदमा चयन भएका छन । जस्काे उपाध्यक्षमा कुमार केसी,मनिसा कार्की पराजुली,सचिवमा राम प्रसाद भट्टराई,काेषाध्यक्षमा बाबुराम अधिकारी,सदस्यहरूमा पदम थापा,सुन्दर शाक्य,धुर्व खड्का,नर बहादुर नेपाली,प्रकाश कार्की चयन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय