नेपाल भूतपूर्व सैनिक संघ पाल्पामा तदर्थ समिति गठ

पाल्पा, चैत३
नेपाल भूतपूर्व सैनिक संघ पाल्पामा तदर्थ समिति गठन भएको छ  । शुक्रबार तानसेनमा भएको भूतपूर्व सैनिकहरुको भेलाले संघको तदर्थ समिति गठन गरेको हो ।

भेलाले कमल विक्रम खाँणको अध्यक्षतामा १५ सदस्यी तदर्थ समिति गठन गरेको  छ । जसको सदस्यहरुमा ल्याप्टेन सिवराज थापा, सुुवेदार चक्रबहादुर राना, ह.ना.सु तिलबहादुर राना, ह.क्या. बलहादुर जिसी, अ.क्या. देवबहादुर थापा मश्राङ्गी, ह. खड्क बहादुर शाही, ह.लक्ष्मण केसी, सु. हिरासिं राना, सु.टिकाराम राना, सु.हेमबहादुर सारु, ह.पूर्णबहादुर गाहा, अ.क्या. ओमबहादुर थापा, ना.सुु. दुुरेन्द्र बहादुर आले र ह.लेख बहादुर राना चयन भएको निर्वाचन अधिकृत टंकनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार समितिमा थप १४ जना सदस्य मनोनित गरी समितिले पूर्णता पाउने छ । उक्त समितिबाट नै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष चयन हुने छन् । यो समितिले संघका निर्वाचन गराई नयाँ नेतृत्व चयन गर्ने छ । कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका  सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको मिसन ०८४ नभई झुपडीका घरहरुबाट गरिबी हटाउनुु रहेको बताए । काँग्रेसको एक मात्र  मिसन  भनेको विपन्न नागरिकका घरको धुरीबाट गरिबी हटाउनुु रहेको सभापति श्रेष्ठले बताए  ।

सभापति श्रेष्ठले भूपु सैनिकहरुको काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका रहेको भन्दै अब नागरिकको जीवनस्तर उकास्न समेत लाग्नु पर्ने धारणा व्यक्त गरे । उनले संघमा आवद्ध भूपुहरुको योगदानको पार्टीले उच्च मूल्यांकन गर्दै संगठनका विभिन्न तह र संरचनामा समेत उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै आएको बताए । उनले संघमा आवद्ध सबै भूपु सैनिकहरुलाई गाउँ– गाउँमा पुगेर काँग्रेसको विचार र आस्थाका बारेमा जानकारी गराउन समेत आग्रह गरे । सभापति श्रेष्ठले आत्मियतासहितको एकता अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै संगठन निर्माणमा एक भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले भूतपूर्व सैनिक अत्यन्त अनुसाशित संगठन रहेको बताए । उनले अब अनुसाशित विनाको संगठन चल्लन नसक्ने भन्दै सबै संगठनहरु अनुसाशित बन्नुपर्नेमा जोड दिए । काँग्रेस पाल्पाका निवर्तमान सभापति समेत रहेका रानाले कम्युनिष्टहरुले भय र भ्रमको राजनीति गर्ने गरेकाले त्यसतर्फ सचेत हुन भूतपूर्व सैनिकहरुलाई आग्रह गरे । संगठनलाई बलियो र फराकिलो बनाएर लैजान राजनीतिक सुझ, बुझका साथ लोकतान्त्रिक आस्थाप्रति समर्पित हुन समेत भूपू सैनिकहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय