latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, चैत १

तानसेन पाल्पाकाे विकास गर्न पर्यटन पूर्वाधारमै ध्यान दिनु अावश्यक रहेकाे लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताएका छन् । तानसेन महाेत्सवकाे समापन समाराेहमा बाेल्दै सभामुख घर्तीले तानसेन नगरपालिकाले महोत्सव गरेर प्रदेशमै नमूना काम गरी राजश्व संकलन गरेको समेत बताए ।

तानसेन नगरपालिकाको आयोजनामा तानसेनको टुँडिखेलमा भएको प्रथम तानसेन महोत्सव २०८० सकिएको छ । सभामुख घर्तीमगरले  पाल्पाको पर्यटन विकासको लागि तानसेनलाई केन्द्र विन्दु बनाएर पर्यटन पुर्वाधार, पर्यटन गन्तव्यहरुको विकास गर्दै जानु पर्ने बताए । पाल्पाका स्थानीय, प्रदेश तथा संघीय जनप्रतिनिधीहरुले हाम्रो पाल्पा, राम्रो पाल्पा, समृद्ध पाल्पा बनाउन  आ–आफ्नो क्षेत्रबाट सक्रिय भुमिका खेल्न सभामुख घर्तीमगरले अनुरोध गरे । प्रदेश सरकारले पाल्पालाई ढाका र करुवाको प्रवद्र्धन गर्न विशेष कार्यक्रम, बजेट विनियोजन गर्ने सभामुख घर्ती मगरले बताए । उनले माटाका भाडा, काठका भाडा, बासका सरसमान, विभिन्न घरेलु कृषि औजार जस्ता बस्तुहरुको प्रदर्शनी अनुसारको उनीहरुलाई प्रोत्साहन हुने गरी निती तथा कार्यक्रम बजेट बनाएर काम गर्न नगरपालिकालाई सुझाए ।

महोत्सवमा  ३ लाख दर्शक र १० करोड रुपैयाको कारोवारको अपेक्षा राखेकोमा दर्शकको संख्या ३ लाख पुगे पनि ८ करोड सम्मको कारोवार भएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाले महोत्सवबाट ६१ लाख  राजश्व संकलन गरेको जनाएको छ ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले पाल्पा पहाडी क्षेत्र भएकाले ठूला–ठूला उद्योग धन्दा कलकारखानाको संभावना कम भएकाले पर्यटनको माध्यमबाट नै जिल्ला समृद्ध बनाउन सकिने बताए । आफ्नो कार्यकालमा पाल्पालाई चिनाउने  पर्यटन सम्वन्धी थुप्रै काम तथा गतिविधीहरु  गरेको पुर्वमन्त्री पाण्डेले बताए । प्रदेश सांसद खेम बहादुर सारुले तानसेन नगरपालिकाले गरेको महोत्सव सकारात्मक तथा नकरात्मक दुबै पक्षको समिक्षा गरेर भएका कमी कमजोरीहरुलाई सच्चाएर जानु पर्नेमा जोड दिए । प्रदेश सरकारले पाल्पाको पर्यटन विकासमा सहयोग पु्र्याउन श्रीनगर सास्कृतिक डवली निर्माण गरी तानसेन नगरपालिकालाई हस्तानतरण गरेको बताए ।

कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख श्यामकृष्ण पौडेल र पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले महोत्सवबाट नगरपालिकाले ठूलो राजश्व संकलन गरेर नमुना काम गरेता पनि मिडियामा आएका आलोचनात्मक कुराहरुलाई पनि गंभिर रुपमा लिई सुधार गर्नुपर्नेमा जोड दिए । महोत्सव समापन कार्यक्रम नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, उप प्रमुख प्रतिक्षा गाहा सिंजालीको धन्यवादज्ञापन र प्रवक्ता यादव सिंह कार्कीको सञ्चालनमा भएको थियो ।

फागुन १९ गते देखी शुरु भएको महोत्सव  चैत्र १ गते सम्म १३ दिन सञ्चालन भई सकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय