latest
रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||    आत्मनिर्भर र समृद्ध समाज अभियानः तिनाउको नीति तथा कार्यक्रम सार्वजनिक  ||    रामपुरमा बालबालिका लक्षित भलिबल तथा फुटबल प्रशिक्षण  ||    समावेशी विकासलाई प्राथमिकता सहित रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम  ||   
मंगलबार , असार १०, २०८२

पाल्पा, फागुन २७
कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले पाल्पाको प्रसिद्ध धार्मिक स्थल जलेश्वर मन्दिरधाम रिब्दिकोट ५ कुसुमखोलामा बनभोज तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण कार्कीले कुसुमले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न जलेश्वर मन्दिरलाई केन्द्रविन्दुमा राखेर भ्रमण तथा बनभोज कार्यक्रम राखेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँ सहकारीको यस खालका कार्यक्रमले अन्तरीक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बिश्वस व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि कुसुम बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुरेश ढकालले अमेरिकाको न्युयोर्कबाट सुरु भयको श्रमिक महिला हरुको आन्दोलन अहिले बिस्वव्यापी भयको र यसले महिला अधिकारका बारेमा राम्रो कार्य गरेको बताउनुभयो । कुसुम सहकारीमा पनि धेरै महिला दिदिबहिनिहरुको आबद्द्ताले सस्था दिनप्रतिदिन बृहत बन्दै गएको र अझै धेरै महिला दिदिबहिनीलाइ सस्थामा जोडिइ गोलबद्द हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा बिन्दवासिनी महिला सहकारी सस्था रैनादेवीकि अध्यक्ष मिना थापाले महिलाका हक अधिकारका बारेमा बोल्दै केही गलत महिलाका कारण अहिले पुरुष पनि अन्याय मा परेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुलाइ जलेश्वर मन्दिर ब्यवस्थापक बेणिमाधब आचार्यले स्वागत गर्नुभयको थियो ।
कार्यक्रममा अतिथिहरु कमल ढकाल,हिरा आचार्य, कृष्ण कार्की ,मिना थापा,अनिता ज्ञवाली ,केशव कुवर लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी बयोबृद्द यककला ढकाल रहनुभएको थियो ।
कार्यक्रम को स्वागत अनिता आचार्यले गर्नुभएको थियो भने । कार्यक्रमको अध्यक्षता मथुरा पराजुलीले सस्थाका बारेमा कुरा राख्दै समापन गर्नुभयको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय