latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, फागुन २७
कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले पाल्पाको प्रसिद्ध धार्मिक स्थल जलेश्वर मन्दिरधाम रिब्दिकोट ५ कुसुमखोलामा बनभोज तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण कार्कीले कुसुमले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न जलेश्वर मन्दिरलाई केन्द्रविन्दुमा राखेर भ्रमण तथा बनभोज कार्यक्रम राखेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँ सहकारीको यस खालका कार्यक्रमले अन्तरीक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बिश्वस व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि कुसुम बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुरेश ढकालले अमेरिकाको न्युयोर्कबाट सुरु भयको श्रमिक महिला हरुको आन्दोलन अहिले बिस्वव्यापी भयको र यसले महिला अधिकारका बारेमा राम्रो कार्य गरेको बताउनुभयो । कुसुम सहकारीमा पनि धेरै महिला दिदिबहिनिहरुको आबद्द्ताले सस्था दिनप्रतिदिन बृहत बन्दै गएको र अझै धेरै महिला दिदिबहिनीलाइ सस्थामा जोडिइ गोलबद्द हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा बिन्दवासिनी महिला सहकारी सस्था रैनादेवीकि अध्यक्ष मिना थापाले महिलाका हक अधिकारका बारेमा बोल्दै केही गलत महिलाका कारण अहिले पुरुष पनि अन्याय मा परेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुलाइ जलेश्वर मन्दिर ब्यवस्थापक बेणिमाधब आचार्यले स्वागत गर्नुभयको थियो ।
कार्यक्रममा अतिथिहरु कमल ढकाल,हिरा आचार्य, कृष्ण कार्की ,मिना थापा,अनिता ज्ञवाली ,केशव कुवर लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी बयोबृद्द यककला ढकाल रहनुभएको थियो ।
कार्यक्रम को स्वागत अनिता आचार्यले गर्नुभएको थियो भने । कार्यक्रमको अध्यक्षता मथुरा पराजुलीले सस्थाका बारेमा कुरा राख्दै समापन गर्नुभयको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय