latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, फागुन २४

तानसेन महाेत्सवमा स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि कार्यक्रम गरिएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजना तथा तानसेन नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रमका तानसेन नगरपालिका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले मेला महाेत्सव तथा सडक छेउछाउमा विक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता गुणस्तर गर्नु नै यो कार्यक्रमको उद्देश्य रहेको बताए । मेयर श्रेष्ठले भने, ‘व्यवसायीहरुलाई मर्यादित, विश्वासिलो बनाउन, खाद्यपदार्थ विक्री वितरण गर्दा गुणस्तरिय खानेकुरा विक्री वितरण गर्न र जिम्मेवार बनाउन कार्यक्रम गरएकाे हाे ।

कार्यक्रममा कार्यालयका प्रमुख खाद्य अनुसन्धान अधिकृत नरेश श्रेष्ठले खाद्य ऐन २०२३ तथा मौजुदा कानूनका बिषयमा सहभागीलाई जानकारी गराएका थिए । उनले खाद्यवस्तुमा लगाइने लेबल सम्बन्धि विवरणका बारेमा प्रस्तुती दिए । यस्तै प्राविधिक सहायक मनाेज अधिकारीले खाद्य आयातनिर्यात, खाद्य उत्पादन प्रविधि, सरसफाई, गुणस्तर मापदण्ड आदिका बिषयमा जानकारी गराएका थिए । उनले उत्पादन प्रक्रियामा गरिने समिश्रणले उत्पादित वस्तुमा पार्ने प्रभावका बारेमा पनि जानकारी गराए साथै खाद्य वस्तुमा टाँसिने लेवलमा खाद्य पदार्थको नाम, तौल वा आयातन, व्याच नम्बर, उत्पादन र उपभोग्य मिति उल्लेख गर्नुपर्ने बताए ।

तानसेन महाेत्सवमा गुणस्तरीय खाद्यवस्तु बिक्रि हाेस्, खाना तथा खाजा सफा भाँडामा राखेर ग्राहकलाइ दिइयाेस् तथा यसका कानूनी प्रावधानका विषयमा जानकारी दिन कार्यक्रम गरिएकाे नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए । खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि कार्यक्रममा तानसेन महाेत्सव २०८० का स्ट्रिड फुड व्यवसायीहरु सहभागि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय