latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, फागुन २३

पाल्पाकाे तानसेन नगरपालिका वडा न ३ मा रहेकाे पार्किङ्ग स्थललाई खुला व्यायामशााला (ओपन जिम) स्थल बनाइएकाे छ । शारीरिक सुगठनमा टेवा पुर्याउने हेतुका उद्देश्यले व्यायामशाला बनाइएकाे हाे ।

पहिले सवारीसाधन पार्किङ गरिने ठाउमा आजभाेली मानिसहरू शरीरलाई तन्दुरुस्त,स्वस्थ,फुर्तिलो तथा बलियो पार्न विभिन्न प्रकारका शारीरिक क्रियाकलापहरू अर्थात शारीरिक व्यायाम व्यस्त देखिन्छन । वडाले नागरिकहरूलाई फिजिकल फिटनेस बनाउन कुल ५ लाख रूपैयाँकाे लागतमा पार्किङ स्थलमा ओपन जिम निर्माण गरिएको तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्यले बताउनुभयो ।

दैनिक रूपमा  फिजिकल फिटनेसकाे माध्यमबाट शारीरिक सुसंगठित गर्न चाहाने नागरिकहरूका लागि वडाले नयाँ काम शुरू गरेको गरिएकाे बताउँदै वडाध्यक्ष शाक्यले उक्त ओपन जिममा विभिन्न प्रकारका ५ वटा जिमका सामाग्री राखिएको बताउनुभयाे । वडाले आगामी दिनमा उक्त स्थानमा ब्याडमिन्टन काेर्डकाे समेत निर्माण गर्ने याेजना रहेको वडा अध्यक्ष शाक्यले बताउनुभयो ।

वडाले आर्थिक बर्ष २०८०/८१ काे कुल ५ लाख बजेटबाट  ओपन जिमकाे अवधारणा अगाडी बढाएकाे हाे । वडा अध्यक्ष शाक्यले निर्वाचित भएसँगै वडाका भाैतिक संरचनाकाे निर्माणसँगै सस्कृति एवम परम्पराकाे संरक्षण र प्रचार प्रसारमा लागि परेको बताउनुभयाे । वडाले तानसेन वडा न ३ मा रहेको नेवारी सस्कृति र नेवारी समुदायमा प्रचलित याेमरीकाे संरक्षण र पुस्ता हस्तान्तरण गर्न याेमरी महाेत्सव,लाखे नाचकाे संरक्षणमा जाेड,नेवारी धिमे बाजाकाे संरक्षण र पुस्ता हस्तान्तरणमा जाेड दिदै आएकाे बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय