प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्राप्त गरेकाे  छ । रामपुरमा बुधबार सम्पन्न फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि पोल्टामा पार्न सफल भएको हो ।

एपीएफले  २५–१९, २५–१७ र १८–१६ को सेटमा पराजित गरेको आयोजक जिल्ला भलिबल संघ पाल्पाले जनाएको छ । प्रथम भएसंगै एपीएफले नगद २ लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । पहिलो र दोस्रो सेट जितेको बागमतीले २५–१८, २५–१७ को सान्तवना जित निकाल्यो । बागमती क्लबकी रीमा कुंवर फाइनल खेलको प्लेयर अफ द म्याच भइन् ।

उपबिजेतामा चित्त बुझाएको बागमतीले १ लाख ५० हजार नगदका साथै ट्रफी, मेडल, प्रमाणपत्र पायो । एपीएफले कोशी प्रदेशलाई र बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गरेर फाइनल प्रवेश गरेका हुन् । तेस्रोका लागि भएको खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएर लुम्बनीले सहज जित हासिल गरेको छ । उसले सोझो सेटमा कोशी प्रदेशलाई पराजित गरेको हो ।

लुम्बिनीकी मीना सुनार खेलको प्लेयर अफ द म्याच भइन् । तेस्रो भएसंगै लुम्बिनीले नगद ७५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । सान्तवना पाएको कोशीले नगद ३५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । बिजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगर, प्रदेशसभा सदस्य राजु श्रेष्ठ, लुम्बिनी खेलकुद परिसदका सदस्य सचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङ लगायतले नगद, ट्रफी, मेडल, प्रमाणपत्र बितरण गरे ।

प्रतियोगितामा एपीएफ क्लव, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशले सहभागीता रहेकाे थियाे । प्रतियोगिताका लागि लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल संघ पाल्पाको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवर्द्धनमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय