latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २३ फागुन
भवानी माबि रिब्दीकोट ५ कुसुमखोलाको ६७औं बार्षिक उत्सब सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बिद्यालयको बार्षिक उत्सब मुल समारोहको उद्घाटन गर्नुभयो । प्रमुख अतिथी घर्ती मगरले बिद्यालयको भौतिक प्रगती लोभलाग्दो रहेको बताउदै भौतिक प्रगती जस्तै गुणस्तरमा बृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले बिद्यालयको शैक्षिक सुधारको लागी आफ्नो सहयोग रहने बताउनुभयो ।

बिद्यालयका प्रअ रुद्रप्रसाद आचार्यले करिब डेढ करोड बराबरको बार्षिक आयब्यय प्रस्तुत गर्नुभयो । बार्षिक उत्सबको अवसरमा बिद्यालयमा करिब १ लाख बढी अक्षयकोष थप भएको छ । जसमा २०४८ साल एसएलसी समूह, बिश्वनाथ पौडेल तानसेन लगायतका ब्यक्तिहरुबाट अक्षयकोष थप भएको बिद्यालयका प्रअ रुद्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा उत्कृष्ठ शिक्षकको रुपमा शिक्षक अर्जून आचार्यलाई भवानी अल्मुनाई एसोसियसन काठमाडौंले नगद सहित सम्मन गरिएको थियो ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता र सन्चालन शिक्षक यादब आचार्य र शोभा पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय