latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, फागुन २३
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तानसेनको नीलसागर आश्रममा भोजन दान कार्याक्रम सम्पन्न भएको छ ।
तानसेन नगरपालिका ४ को टोल बिकास समुहहरु र आमा समुहद्वारा संयुक्त रुपमा निलसागर आश्रममा रहेका बृद्ध र असहायहरुलाई भोजन खुवाउने कार्यक्रम सम्पन्न भएको हो ।
तानसेन नगरपालिका वार्ड नम्बर १का जनप्रतिनिधि राम प्रसाद भट्टराइ प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो । उहाँले टोल बिकास समुह र आमा समुहको यो पुनित कार्यको लागी धन्यबाद ज्ञापन गर्नुभयो ।

तानसेन नगरपालिका ४की जनप्रतिनिधी सीता बस्नेत र पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले असाहाय तथा बृद्धबृद्धा प्रति टोल बिकास समिति र आमा समूहले देखाएको असल भावनाको सबैले सम्मान गर्नुपर्ने बताउदै शुभकामना दिनुभयो ।
कार्यक्रममा तानसेन ४ की जनप्रतिनिधी भगवती दर्नाल ,बिशाल बजार टोल बिकास समितीकी अध्यक्ष दमयन्ति बजिमय, सिल्खानटोल १ टोल बिकास समितीकी अध्यक्ष कल्पना पोख्रेल,जनजागृति आमा समुहकी अध्यक्ष शारदा कर्माचार्य र अन्य सदस्यहरुको समेत उपस्थित रहेको सिल्खानटोल २ टोल बिकास समितिकी अध्यक्ष रमा पन्त जानकारी दिनुभयो ।
सिल्खानटोल २ टोल बिकास समिति की अध्यक्ष रमा पन्तको स्वागत,सिल्खानटोल टोल बिकास समितीकी उपाध्यक्ष भुनु बरालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय