latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

तानसेन महोत्सवमा गायक गायिकाकाे प्रस्तुतिले राैनकता थपेकाे छ । साेमबार गायक राजन राज शिवाकोटीकाे प्रस्तुतिमा दर्शक झुमेका छन् । उनले आफ्ना हिट गीतमार्फत प्रस्तुति दिए ।

 

‘कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु ’, सुर्के थैली खै‘’,माया हातमा रूमाल हल्लाउँदै लगाएतका गीतमा दर्शक रमाए ।  गायक शिवाकोटीकाे प्रस्तुतिमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिए । साेमबार राजन राजसँगै इन्द्र जिसी, प्रेम लामिछाने मगर लगायतको समेत प्रस्तुति रहेको थियो ।

 

तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा सञ्चालन भएको महोत्सवमा कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० नारा रहेको छ ।  महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभएको छ । फागुन १९ देखि सुरू भएकाे महाेत्सव २९ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय