latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

बिष्णु खनाल
पाल्पा, फाल्गुण २१
पाल्पामा बिद्युत आपुर्तीमा समस्या बुटवल पाल्पा प्रशारण लाईन ५० किमि लामो भएकाले बिद्युत बितरण प्रणालीमा समस्या आउने गरेको बिद्युत प्राधिकरण पाल्पाले जनाएको छ । बिद्युत प्राधिकरण पाल्पाका प्रमुख इन्जिनियर दिलिप मरासेनीले लामो प्रशारण लाईन जंगल क्षेत्र र सडक पहुँच भन्दा टाढा प्रशारण लाईन भएकाले फल्ट पत्ता लगाउन र मर्मत गर्न समस्या हुने गरेको बताउनुभयो । प्राधिकरणले सोमबार पत्रकार भेटघाट कार्यक्रम राखेर पाल्पाको बिद्युत समस्या, हालसम्म भएका प्रगती, भबी योजनाको बिषयमा जानकारी गराएको हो ।

प्राधिकरण पाल्पाले ३३ थान ट्रान्फर्मर बितरण तथा ८ वटा ट्रान्फर्मरको क्षमता बृद्धि गरिएको छ । ११ के भी लाईन १२ दशमलभ ४ किमि र ४००र२४० भोल्ट लाइन १८ दशमलभ ६७ किमि निमार्ण सम्पन्न गरेको छ । निस्दिमा पहिलो पटक केन्दि«य प्रशारणको लाईन पुर्याइएको प्राधिकरणले भुल्के खानेपानी महसुल ५० प्रतिशत छुट गराएको छ । बिद्युतको रकम नबुझाउने ३८७ जना ग्राहकलाई कालोसूची राखेर २० जनाबाट २ लाख ९६ हजार २६३ रुपैया असुल गरेको कार्यालय प्रमुख मरासेनीले बताउनुभयो । हाल संचालनमा रहेको डुम्रे मस्याम ३३ केभी लाइनलाई ११ केभीमा प्रतिस्थापन गर्ने योजना रहेको प्रमुख मरासेनी जानकारी दिनुभयो । उहाँले यो लाईन निमार्ण सम्पन्न भए पाल्पाको बिद्युत आपुर्तीको समस्या हल हुने बिश्वास ब्यक्त गर्नुभयो ।

तानसेन नगरपालिकाले प्राधिकरणलाई तिर्न बाँकी रहेको जरिमान सहित ८ करोड ९३ लाख रुपैया रहेको र प्रत्येक महिना ४ लाख ४१ हजार रुपैया थपिदै गएकाले समस्याको समाधान गर्न पहल हुने प्राधिकरणले जनाएको छ ।
जिल्लामा अझैपनि करिब १ हजार २ सय काठका पोल रहेकाले जोखिम संगै निरन्तर समस्या आउने गरेको छ । बिद्युत ब्यबस्थापन गर्नका लागि ९ वटा फ्युज सेवा, बतासे, सिलुवा र रुप्सेमा सब स्टेशन रहेका छन् । जिल्लामा प्राधिकरणका ४० हजार २५४ र सामुदायिक तर्फ ८ हजार २०० ग्राहक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय