पाल्पा, फागुन २०
रामपुर नगरपालिका भित्रका मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरिएको छ । नगरपालिकाका वडाहरुमा हुने विभिन्न विवाद मेलमिलापका लागि मेलमिलापकर्ताह्ररुलाई तालिम दिईएको हो ।

हाम्रो समस्या हाम्रै समाधानः मेलमिलाप भन्ने नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा भएको आठ दिवसिय तालिम आईतबार सकिएको छ । नगरकापालिकाका १० वटै वडाबाट सिफारिस भई आएका मेलमिलापकर्ता र जनप्रतिनिधिहरुलाई मेलमिलाप सम्बन्धि तालिम दिईएको छ । मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि प्रचलित कानुनी व्यवस्था ,मेलमिलापको प्रक्रियाका आधारभूत चरण , सामाजिक न्याय , मानव अधिकार , लैंगिक समानता , सामाजिक समावेशीकरण , महिला अधिकार लगाएतका विषयमा जानकारी दिईएको थियो ।

समापनका अवसरमा तालिममा सहभागि मेलमिलापकर्ताहरुलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वडाका सबै नागरिकलाई न्यायको अनुभूति दिने गरि मेलमिलाप गर्न आग्रह गर्नु भएको छ । उहाँले हरेक नागरिकले साँच्चिकै न्याय पाउँछ भन्ने भान हुने गरि काम गर्नु पर्ने बताउनु भएको छ । साथै विचार र आस्था फरक भए पनि मेलमिलाप र न्याय सम्पादन ईमान्दारिताका साथ गर्नु पर्ने बताउनु्भयो । कुनै पनि मुद्दा मामिला माथिल्लो निकायमा नजाने गरि मेलमिलापकर्ताको अधिकारको पूर्ण प्रयोग गरि मेलमिलाप गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले ईमान्दारिताका साथ हरेक विवादलाई मेलमिलाप मार्फत निरुपण गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले मेलमिलापकर्ताको क्षेत्राधिकार भित्र रहेर गाँउ टोलमा हुने विवाद र मुद्दालाई समाधान गर्न आग्रह समेत गर्नु भएको छ ।  कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले निष्पक्ष रुपमा न्याय सम्पादन गरेर मेलमिलापयुक्त नगर बनाउनु पर्ने बताउनु भएको छ । यस्तै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष कपिल बहादुर खाँणले तालिमबाट सैद्धान्तिक उपलब्धि प्राप्त भएकोले अब गाँउ समाजमा गएर सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्तै तालिमका प्रशिक्षक हरि प्रसाद पण्डितले तालिममा सिकेका कुरा तालिममा मात्र सिमित नराखी व्यक्तिगत  र सामाजिक जिवनमा प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

रामपुर नगरपालिकाका नगर उपप्रमुख तथा न्यायीक समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षतामा भएको ८ दिवसीय तालिम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा भएको तालिम समापन कार्यक्रमको सञ्चालन न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो । नगरपालिका भित्रका ३० जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको तालिमको सहजिकरण अधिवक्ता द्वय गिता आचार्य र हरि प्रसाद पाण्डितले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय