latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

पाल्पा, फागुन १४

पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसका अवसरमा रामपुरमा निःशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा शुसिल कोईराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना, रामपुर नगरपालिकाको सह–आयोजना, काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोग र कालिगण्डकी फाउण्डेशन नेपालको समन्वयमा शिविर भएको हो  ।

रामपुर आयुर्वेद अस्पतालको भवनमा भएको एक दिने शिविरमा काठमाडौ मेडिकल कलेजका विषेशज्ञ डाक्टरहरुको उपस्थितिमा विभिन्न रोगको जाँच तथा उपचार गरिएको थियो । शिविरमा जनरल मेडिसिन सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती सेवा, नाक,कान, घाँटी सेवा, शल्यक्रिया, मानसिक तथा नशाखा रोग विशेषज्ञ सेवा, आँखा तथा दन्त रोग विशेषज्ञ सेवा, मुटु रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा प्रदान गरिएको थियो । बुधबार साँझ अबेर सम्म भएको शिविरमा ९ सय ५३ जनाले सेवा लिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो । शिविरमा सेवा लिएका मध्ये ३० जनालाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ । मुटु , नशा , नाक , कान,घाँटी,स्त्री रोग, हाडजोर्नी सम्बन्धि समस्या भएका ३० जना विरामीलाई थप उपचारका लागि काठमाण्डौँ मेडिकल कलेज रिफर गरिएको छ । उनिहरुको निशुल्क उपचार हुने छ ।

शिविरको शुभारम्भ गर्दै सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक एवं नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर सिं पुनले स्वर्गीय सुशील कोइरालाको स्मृतिमा प्रदेशका १२ वटै जिल्ला स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने योजना अनुसार कार्यक्रम भएको बताउनुभयो । यस अघि ३ जिल्लामा सम्पन्न भैसकेको र अहिले पहिलो चरणमा पाल्पा, गुल्मी, अर्घखाँची र रोल्पामा कार्यक्रम हुन गैरहेको जानकारी दिनुभयो ।  जनताको स्वास्थ्य समस्या पहिचान गर्न र गम्भीर प्रकृतिका रोग बाट पिडित दुरदराजका जनताको उपचार गर्नका लागि शिविर सञ्चालन गर्न लागिएको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य एवं कांग्रेस केन्द्रिय सदस्य डा. सुनिल कुमार शर्माले दुरदराजमा बस्नु भएका ठूला रोग बाट पिडित जनताको समस्या पहिचान गर्न र उपचार बाट बञ्चित भएकाहरुको लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले अप्रेशन गर्नु पर्ने जटिल प्रकारका विरामीहरुलाई काठमाडौ मेडिकल कलेजमा यहि फागुन २८ गते निशुल्क उपचार गर्ने व्यवस्था गरिएको बताउनुभयो । ७७ वटै जिल्लामा जाने अभियान अन्तर्गत रामपुरमा आईपुगेको बताउनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले जनताको स्वास्थ्यका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताउनुभयो । विशेषज्ञ डाक्टरहरुद्धारा जाँच तथा उपचारका सेवा प्रदान गर्नको लागि शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । नगर प्रमुख थापाले शिविर बाट निशुल्क उपचारका लागि काठमाडौं रिफर भएका विरामीलाई यातायात खर्चको व्यवस्था नगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको स्वागत र रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको थियो । शिविरमा काठमाडौ मेडिकल कलेजका प्रबन्धक नारायण प्रसाद दहालको नेतृत्वमा आएका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय