latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), फागुन १५

पाल्पाको रामपुरमा पहिलो पटक राष्ट्रियस्तरको भलिबल खेल हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनी अन्तर्गत हुने प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिता रामपुर नगरपालिकामा आयोजना गरिएको छ ।

रामपुर विकसित शहरको रुपमा विकास हुदै गरेको, चारैतिर ठूला–ठूला शहरलाई सडकले जोडेकाले यो क्षेत्रको पहिचान, पर्यटन विकास, होटल व्यावसाय प्रवद्र्धन, आर्थिक विकासका लागि राष्ट्रियस्तरको खेल आयोजना गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभयो । आइतवार साँझ रामपुरमा भएको पत्रकार भेटघाट कार्यक्रमका अवसरमा सदस्य सचिव भट्टराईले देशैभरका खेलाडी ठूलो संख्यामा सहभागी हुन आउने बताउनुहुन्छ ।

“सडक सुबिधाको पहुँचले रामपुरलाई महत्व दिएर राष्ट्रियस्तरको खेल सञ्चालनका लागि तीव्र रुपमा तयारी भइरहेको छ” उहाँले भन्नुभयो,–“स्थानीय सरकार, उद्योग वाणिज्य संघ, विभिन्न खेलकुद संस्था, लगायतको सहयोग छ, यहाँ राम्रोसंग खेल सम्पन्न भयो भने राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्नेछौँ” ।

भौगोलिक भु–बनोट मिलेको, सम्भावना बोकेको ठाउँ रहेको र अर्कोतर्फ स्थानीयस्तरमा रहेका खेलाडीको मनोबल बृद्धि गर्न, देशव्यापी रुपमा रामपुरको पहिचान बढाउन विभिन्न चुनौतीका बाबजुदपनि यस क्षेत्रमा नै राष्ट्रियस्तरको खेलका लागि सिफारिस गरिएको उहाँको भनाई छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, ए.पि.एफ. क्लवसहित सातै प्रदेशको सहभागीता रहनेछ । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु दुई लाख ५० हजार, द्वितिय पुरस्कार नगद रु एक लाख ५० हजार, तृतीय पुरस्कार नगद रु ७५ हजार, सान्त्वना पुरस्कार रु ३५ हजार साथमा विधागत पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ ।

खेल सम्पन्न गर्नका लागि करिव रु ८४ लाख बराबरको खर्च लाग्ने अनुमान गरिएको जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले बताउनुभयो । उहाँका अनुसार खेलकुद परिषद लुम्बिनी, रामपुर नगरपालिका, उद्योग वाणिज्य संघ रामपुर लगायत विभिन्न संघ संस्थाको सहयोगमा खेल आयोजना गरिएको हो । अशक्त, महिला, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्ति, सञ्चारकर्मीलाई सहज रुपमा अवलोकनको व्यवस्था गराइनेछ ।

रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले आन्तरिक पर्यटक भित्र्याउन, यहाँको होटल व्यावसाय चलायमान र रामपुरको समग्र विकासका लागि राष्ट्रियस्तरको खेल हुनु राम्रो अवसर रहेको बताउनुहुन्छ ।

यसभन्दा अघि लुम्बिनीमा १९ औँ राष्ट्रिय महिला भलिबल खेल भएतापनि संघीयता पश्चात पहिलो पटक लुम्बिनीको रामपुरमा खेल हुनु रामपुरवासीका लागि महत्वपूर्ण रहेको भलिबल संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष योग गुरुङले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले ठूला खालका खेलकुदका गतिविधि सदरमुकाम केन्द्रित नै हुने गरेकोमा अहिले राष्ट्रियस्तरको खेल लुम्बिनी प्रदेशकै पूर्वी भाग रामपुरमा हुनु नै पाल्पालीको लागि गौरव गर्न लायक रहेको बताउनुहुन्छ ।

भलिबल खेललाई नेपाल सरकारले राष्ट्रिय खेलको रुपमा २०७४ देखि निर्णय गरेको छ । देशका ७७ जिल्लाको सबै ठाउँ, हिमाल, पहाड, तराईमा यो खेल खेल्न सकिन्छ । पछिल्लो समय सरकारको हिसाबले पनि र संगसंगै खेलकुदसंग संवद्ध नियमनकारी निकायको हिसावले प्राथमिकतामा राखिएको छ । भलिबल खेलको महत्व बढ्दै गएको छ ।

प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रायोजक तथा प्रवद्र्धक रहेको खेल नेपाल भलिबल संघको संयोजन, रामपुर नगरपालिकाको संरक्षणमा जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा सञ्चालन हुन लागेको हो । साथमा प्रदेश भलिबल संघ लुम्बिनी र जिल्ला भलिबल संघ पाल्पाको समन्वय, उद्योग वाणिज्य संघ रामपुर प्रवद्र्धक, सहयोगी संस्थामा नगर खेलकुल विकास समिति रामपुर र नगर भलिबल संघ रामपुर रहेका छन् ।

रामपुर क्षेत्रको पहिचान संगै खेलाडीमा उर्जा थप्नेछ । रामपुर नगरपालिका ५ स्थित रामतुलसी नमुना माविको खेलमैदानमा हुने प्रतियोगिताका लागि करिव ५० प्रतिशतको काम सकिएको छ । खेलले रामपुर क्षेत्रको पर्यटकीय तथा आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने खेलकुद पत्रकार मन्च पाल्पाका सहसचिव दुर्गेश मल्लले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय