पाल्पा, फागुन १४

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)  त्रिभुवन बहुमुखी क्याम्पसले साेमबार क्याम्पसमा अन्तर संकाय स्तरीय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न गरेको छ । २२ समुहकाे सहभागीता रहेको प्रतियाेगित क्याम्पसका स्वयु सभापति कृष्ण अर्यालकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतियाेगितामा बिबि एस चाैथाे बर्षमा अध्ययनरत रचना भुषाल,अनिसा गैरे र सारदा पाेखरेलकाे समूह प्रथम भएका छन । द्वितीयमा बि बि ए का विवेक खत्री,विवेक ज्ञवाली र दिनेश खनालकाे समुह भएका छन । तृतीयमा वि वि एस तेस्रो बर्षमा अध्ययनरत रितु पराजुली,निता आर्चाय र रन्जना अधिकारीकाे समुह भएका छन र सान्त्वनामा बिबि एम चाैथाे सेमेस्टरका रमा घिमिरे,पुर्णिामा बस्याल र उत्सवी ढकालकाे समूह भएका छन । प्रतियाेगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुने समुहलाई मेडल,प्रमाणपत्र सहित पुरस्कारले पुरस्कृत गरिएको स्वयु सदस्य सुशील बस्यालले जानकारी दिनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले स्ववियुले प्रतियाेगिताकाे माध्यमबाट विद्यार्थीहरूकाे अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने प्रयास गरेको बताउनुभयो । क्याम्पस स्तरमा आयाेजना हुने यस्ता प्रतियाेगिताले विद्यार्थीहरूकाे व्यक्तित्ब र नेतृत्व विकास टेवा पुग्ने बताउदै स्ववियुले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पस पश्चिम नेपालकै शैक्षिक धराेहरकाे रूपमा रहेको पुरानाे क्याम्पस रहेको बताउदै क्याम्पसले  देशका महाेत्वपुर्ण स्थानमा रहेर काम धेरै जनशक्ति उत्पादन गरिसकेको बताउनुभयो । त्यसैले विद्यार्थीहरूले अत्यन्तै मर्यादित अनुशासित भई शैक्षिक गतिविधिमा सामेल हुन र दक्ष जनशक्तिकाे रूपमा आफुलाई स्थापित गर्न आर्गह गर्नुभयाे । क्याम्पसमा पछिल्ला बर्षमा विद्यार्थीहरूकाे सख्या वृद्धि भइरहेको र साेही अनुसार परिक्षाकाे रिजल्ट पनि उत्कृष्ट रहेको बताउनुभयो । क्याम्पसकाे समग्र विकासका लागि प्राध्यापक,विद्यार्थी,विद्यार्थी संगठन,स्ववियुकाे साथ र सहयोग आवश्यक रहने भएकाले समग्र क्याम्पसको शैक्षिक,भाैतिक विकासमा एकताबद्व भएर लाग्नुपर्ने आवश्यकता रहेको कुरामा जाेड दिनुभयाे ।

कार्यक्रममा स्वयु सभापति कृष्ण अर्यालले स्ववियुकाे नयाँ समिति निर्माण भएसँगै रचनात्मक क्रियाकलापलाई जाेड दिदै आएकाे बताउनुभयो । क्याम्पसकाे अस्तित्व जाेगाउन सर्वप्रथम विद्यार्थीहरूकाे सख्यामा वृद्धि हुनुपर्ने कुरालाई उच्च प्राथमिकतामा राखी स्वयुले नयाँ भर्ना हुन आउने विद्यार्थी सख्या वृद्धि गर्ने कार्यमा जाेड दिएकाे बताउनुभयो । स्ववियु त्रिभुवन बहुमुखी क्याम्पस विद्यार्थीहरूकाे हक हित र अधिकारका लागि स्थापित भएकोले विद्यार्थीहरूलाई अध्ययनकाे शिलशिलामा कठिनाइ भएमा सम्पर्क गर्न अनुराेध गर्दै विद्यार्थीहरूकाे समस्या समाधान गर्न स्ववियु तयार रहेको बताउनुभयो । स्ववियंले विद्यार्थीहरूकाे अन्तरनिहित क्षमताकाे पहिचान गर्न क्याम्पसमा अब छिटै स्ववियु कप सञ्चालन गरिने बताउनुभयो । क्याम्पसमा शैक्षिक गतिविधिकाे साथसाथै रचनात्मक र प्रतियाेगितात्मक कार्यक्रमकाे माध्यमबाट विद्यार्थीहरूकाे व्यक्तित्व र नेतृत्व विकास गर्न स्ववियु त्रिभुवन बहुमुखी क्याम्पस सकृय रहने सभापति अर्यालले बताउनुभयो ।

कार्यक्रम बिशिस्ट अतिथिहरु सहायक क्याम्पस प्रमुख कृष्ण बहादुर कार्की,डा रामनाथ न्यौपाने,चन्द्र बहादुर थापा,बिबिए निर्देशक केशव घिमिरे, प्राध्यापकहरु,कर्मचारीहरु,स्ववियु पदाधिकारी तथा सदस्यहरु,विद्यार्थी नेता पुन्य सुबेदी,मिलनराज घर्ती मगर,उमेश भण्डारी,पत्रकार सन्तोष गहतराज,लगायतकाे सहभागिता रहेको थियोे । कार्यक्रम संयोजक अमृत भट्टराई,सदस्य सुदर्शन पाण्डे,सुशील बस्याल,मिस्मा राना,इन्दु गाहा,बिज्ञान दुधराजको ब्यबस्थापन सहित औपचारिक कार्यक्रमकाे संचालन स्ववियु सचिव ताराबहादुर रायमाझीको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय