latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  पाल्पाले दवाबमूलक प्रदर्शन गरेको छ । राप्रपा पाल्पाले तानसेनस्थित सिल्खानटोलबाट दबाबमूलक र्‍याली सुरु गरेर जिल्ला प्रशासन कार्यालय पुगेको थियो । जिल्ला अध्यक्ष  डुलबहादुर कुंवरको नेतृत्वमा र्‍ यालीसहित प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

राप्रपाका अध्यक्ष कुंवरले सिडियो काफ्लेलाई ४० बुँदे मागपत्र   वाचन गरेर बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै प्रजिअ काफ्लेले जस्ताको त्यस्तै सम्बन्धित निकायमा तत्कालै पठाइदिने बताएका छन् । उनले जिल्लाका राजनीतिक दलहरुका सकारात्मक गतिविधि र माग प्रति आफु सधै सकारात्मक रहेको भन्दै जिल्लाको विकासमा दलहरुसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताए ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेर प्रदर्शन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय