latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, फाल्गुन ३
पाल्पामा ट्रकमा ल्याउदै गरेको गोरु सहित तीन जना पक्राउ परेका छन् । बुधबार बिहान करिब साढे ४ बजेको समयमा तिनाउ गाउँपालिका स्थित बेलबास दोभान कच्चि सडक हुदै सिदार्थ राजमार्ग आउदै गरेको लु १ ख ८३४० नम्बरको ट्रकमा ल्याउदै गरेको १७ वटा जिउँदो र एक वटा मरेको गोरु सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक बझाङ्ग जिल्ला फलरा गाउँपालिका ३ घरभई हाल कैलाली बस्ने बर्ष २७ बर्षिय बिशाल बहादुर धामी, कपिलबस्तु शिबराज ७ का २४ बर्षिय राधेश्याम रैदास र सोहि स्थानका १९ बर्षिय सद्दाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पक्राउ परेका मानिस ट्रक र गोरुलाई आवश्यक कारवाहीका लागी भैरहवा भन्सार पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय