latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, फागुन १
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामकोे चिदीसमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनको संख्या १० पुगेको छ । भने १६ जना घाइते भएका छन् । लु १ज २३७१ नम्बरको जीप मंगलबार बेलुका करिब ५ बजेको समयमा दुर्घटनामा परेको थियो । जिप तानसेनको डुम्रेबाट तिनाउको चिदिस तर्फ जादै गर्दा सडकबाट करिब ३ सय मीटर तल खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा पाल्पा तिनाउ गाउँपालिका ६ मस्यामकी ६० बर्षिय यन कुमारी पन्त, सोहि स्थानका ३९ बर्षिय राम बहादुर अस्लामी, ६७ बर्षिय कृष्ण बहादुर अस्लामी, २८ बर्षकी उर्मीला अस्लामी, तिनाउ गाउँपालिका २ खुर्साने की २० बर्षिय गीता सुनार, रिब्दीकोट १ ख्याहाकी ६६ बर्षकी बिष्णुकला कामी, सोही स्थानकी ६५ बर्षिय दिल कुमारी सुनार, रुपन्देही देबदह ५ की २९ बर्षिय दिलमाया जिसी, बुटवल १४ तामनगरका ७० बर्षका चन्द्र रणपाल र सोही स्थानकी ६० बर्षिय जुनाचुना रणपाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । कच्चि सडक, सीट क्षमता भन्दा दोब्बर बढी यात्रु भएका कारण ठूलो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठ जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय