पाल्पा, फागुन १

तिनाउँ गाउँपालिका –६, मस्याम (चिदिस) पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

लु १ ज २३७१ नम्बरको जिप सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गर्दा दुर्घटनामा परेकाे हाे । डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको जीपमा रहेकाहरूकाे स्थानीयले उद्दार गरेका हुन् । जीप २० जना सवार भएको अनुमान गरिएको छ।

भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ। प्रहरी र स्थानीयले  घटनास्थल पुगेर उद्वार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय