latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

तानसेन नगरपालिकाले फागुन १८ गतेदेखि २८ गतेसम्म तानसेनकाे टुँडिखेलमा महाेत्सव गर्ने भएको छ । पाल्पा सदरमुकाम तानसेनस्थित टुडिँखेल मैदामा कृषि तथा पर्यटन प्रवर्द्धन महोत्सव गर्न लागिएकाे हाे ।

जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, तानसेनको पर्यटन तथा धार्मिक कला संस्कृति, मौलिकताका साथै स्थानीय रहनसहनसंगै जोड्नेगरी मेला आयोजना गरिएको आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठकाअनुसार महोत्सव आयोजनाको तयारी भइरहेको र महोत्सव भव्य हुनेछ । टुडिखेल मैदानमा संचालन हुने मेलाबाट नगरपालिकाको आन्तरीक राजस्व संकलन गर्नका साथै स्थानीय वस्तुको बजारीकरण गर्ने मुख्य उद्देश्य रहेको नगरप्रमुख श्रेष्ठले बताए ।

महोत्सवमा विभिन्न बस्तु, हस्तकला, स्थानीय उत्पदानका स्टलका साथै र बाल उद्यान र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ । महोत्सवको अवसरमा जोर्डनका राजकुमार तथा २० जना नोबेल पुरस्कारबाट पुरस्कृत भएका व्यक्तिलाई सहभागिता गराइने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय