latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ २८

नेपाल शिक्षक संघ पाल्पाको २३ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कार्यक्रमकाे उद्घाटन गर्दै शिक्षकहरुको हक अधिकार सहित संघलाइ विधि र पद्धतीमा सञ्चालन गर्न सुझाव व्यक्त गरे ।

नेपाल शिक्षक संघ संघीय उपाध्यक्ष धनकला भण्डारीले बाल विकास शिक्षकहरूको तलब प्राप्त नभएको  अवस्था रहेकाले त्यसका लागि संघले आवश्यक पहल गर्ने बताईन । नेपाल शिक्षक संघ संघीय महासचिव ज्ञानेन्द्र बहादुर रावलले  संगठनबाटै नै नेपाल शिक्षकहरूले उपलब्धी  प्राप्त गरेको  बताए । नेपाल शिक्षक संघ सघीय सदस्य दिपक ज्ञवालीले स्थापना कालदेखि शिक्षकहरूको हकहित र अधिकारका लागि काम गर्दै आएको बताए । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा पाल्पा सम्पर्क व्यक्ति नारायण प्रसाद शर्माले नेपाल शिक्षक संघमा आवद्व हुने शिक्षकहरूको सख्या वृद्धि भएको बताए । लुम्बिनी प्रदेश सदस्य टुन वीर रेश्मीले शिक्षकहरूका माग पुरा गर्नुपर्ने बताए । नेपाल शिक्षक संघ पाल्पाका सल्लाहकार देबी भट्टराईले नेपाल शिक्षक संघ पाल्पाको एक सशक्त संगठन बन्न सफल भएको बताए ।

संघ संघीय प्रतिनिधि सुन्दर प्रसाद देवकोटाले शिक्षकहरूको आन्दोलनले मागहरू पूरा भएको बताए ।  कार्यक्रममा शिक्षक नारायण न्यौपाने, रैनादेवी छहरा शिक्षक संघका अध्यक्ष मेघराज भण्डारी, नेपाल शिक्षक संघ प्रदेश प्रतिनिधि शंकर प्रसाद पौडेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

संघले सोही अवसरमा रैनादेवी छहरा गाउँपालिकाको शिक्षक संघलाई उत्कृष्ट पालिकाको रुपमा सम्मान समेत गरेको छ । जिल्लाका १० वटै स्थानीय मध्ये उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै संघले पालिका शिक्षक संघलाई सम्मान गरेको हो ।  पालिकाका शिक्षक संघ अध्यक्ष मेघराज भण्डारीलाई खादा, माला र सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित भण्डारीले आगामी दिनमा संघलाई थप सशक्त र चलायमान बनाएर लैजान सम्मानले थप उत्प्रेरणा मिलेको बताए । कार्यक्रममा  प्रशिक्षक नारायण  न्यौपानेलाई  पनि संघले सम्मान गरेको थियो । संघका अध्यक्ष लक्ष्मण बस्यालको अध्यक्षता, सचिव  सुन्दर गाहाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय