latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

लुम्बिनी प्रदेशको आम सञ्चार कानुन र सञ्चारकर्मीको अधिकार कार्यशाला तानसेनमा सम्पन्न भएकाे छ । गोष्ठीले ऐन परिमार्जन सहित नियमावलीकाे आवश्यकता रहेकाे निष्कर्ष निकालेकाे छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रदेशमा बन्ने कानून पत्रकार र पत्रकारितालाइ कसी लगाउनेभन्दा पनि सरकारलाइ खबरदारी गर्न सक्ने र जनताका भावनालाइ सञ्चार गर्न सक्ने गरि बन्नुपर्ने बताउनुभयाे । नेपाल पत्रकार महासंघकाे सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी कुनै पनि काम नहुने बताउनु भएको छ । युनियन लुम्बिनी प्रदेशका अध्यक्ष डा. सुदिप गौतमले लुम्बिनी प्रदेशको आम सञ्चार कानून र सञ्चारकर्मीको अधिकारकामा भएका विषयवस्तु प्रस्तुत गर्दै प्रदेश सरकारले मिडिया सम्बन्धी ऐन ल्याए पनि त्यो मिडियामैत्री बन्न नसकेको र त्यहाँ रहेका कमीकमजाेरीले पत्रकारिताकाे भावनालाइ कुण्ठीत गरेकाे बताउनुभयाे ।

लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले लोक कल्याणकारी विज्ञापन, मिडियामा देखिएका समस्याहरु, ऐन, कानुन बनाउने दिशामा प्रदेश सरकारले प्रभावकारी काम गरेको बताउनुभयो । सञ्चार जगत महत्वपूर्ण रहेको उल्लेख रहेको भन्दै सचिव कवारीले प्रदेश सरकार पत्रकारहरु प्रति सकरात्मक छ, त्यसैले पत्रकारहरु समेत सकरात्मक भईदिनुहोस ।’ युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारको अधिकार सुनिश्चित गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

युनियनका केन्द्रिय महासचिव दिलिप पौड्यालले पत्रकारिता बाैद्दिकताकाे पेशा भएकाेले बाैद्दिक पेशाकर्मीहरूकाे सदस्यता राखेर महासंघलाइ अगाडी बढाउनु अावश्यक रहेकाे बताउनुभयाे । महासंघको सदस्य शुद्धिकरणका विषयमा कसैलाई अपमान र अन्याय हुने गरी काम हुँदैन उहाँले भन्नुभयाे ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले देश निर्माणमा पत्रकार जंगतको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । पछिल्लो समय मुलुक गलत ढंगले अगाडि बढेको भन्दै त्यसलाई सही दिशामा ल्याउन पत्रकाहरु समेत सही ढंगले अगाडि बढ्न आवश्यक रहेको भन्दै सभापति श्रेष्ठले भन्नुभयो ‘ देशको चौैथो अंगको रुपमा रहेको प्रेस जंगतले राजनीतिक दल र सरकारलाई सही ट्रयाक्मा ल्याउन सही ढंगलले अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्षहरु, जीवन भण्डारी, माधव अर्याल, नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई, युनियनका सल्लाहकार झपेन्द्र गहिरे लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय