latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३
गोपालप्रसाद बश्याल
तानसेन, माघ २७
नेपालअंग्रेजीभाषाशिक्षक संघ (नेल्टा) पाल्पा शाखाको आयोजनामा एक दिवसीय सम्मेलन आज महेन्द्रबोधी माध्यमिक विद्यालय, तानसेन पाल्पामा सम्पन्नभएको छ ।
सम्मेलनमा नेल्टा लुम्बिनीप्रदेश शाखाका अध्यक्ष गोपाल प्रसाद वश्यालले अंग्रेजी भाषा शिक्षणमा बहुढाँचामा आधारित शिक्षण विधिको कक्षामाप्रयोग गर्नाले सिकाइस्तरमा सुधार आएको दृष्टान्त सहित कक्षाशिक्षणका क्रममा विविध क्रियाकलापको उपयोग गर्दै विद्यार्थीको सिकाइ रुचि र उत्प्रेरणा बढाउनु सन्देश सहितको कार्यपत्र प्रस्तुत गरे । त्यसैगरी नेल्टा पाल्पाका सल्लाहकार एवम् त्रिभुवन क्याम्पस, पाल्पाका उपप्राध्यापक डा. रामनाथ न्यौपानेले विद्यार्थीका वैयक्तिक भिन्नता र शिक्षणसिकाइ सम्बन्धी प्रस्तुतिमा वैयक्तिक विविधता भएका विद्यार्थी सिकाइ शैली, बहुबौद्धिकता, ब्यक्तित्व, रुचि र प्रबृत्तिअनुसार शिक्षणसिकाइ रणनीतिका उदाहरणसहित प्रस्तुत गरे । नेल्टा पाल्पाका अध्यक्ष कमलराज बस्यालले कक्षाकोठाको गतिशीलता सम्बन्धी प्रस्तुतिमा अन्तरक्रियात्मक र विद्यार्थी सहभागिता केन्द्रित कक्षा सञ्चालनका समूह जोडी कार्य लगायत सिकाइ प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गरे । कार्यक्रममा प्रदेश सदस्य टोलसरी राईले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गरेकि थिइन् ।
पाल्पाका विभिन्न पालिकाका २८ जना शिक्षकहरू सहभागी भएको यस कार्यक्रममा प्रदेश शाखामा नवनिर्बाचित अध्यक्ष गोपाल प्रसाद वश्याल र सदस्य टोलसरी राईलाई पाल्पा शाखाको तर्फबाट बधाई ज्ञापन तथा मायाको चिनो गरिएको थियो । कार्यक्रममा काठमाडौमा फागुन ५, ६ र ७गते हुने २८औं अन्तर्राष्ट्रिय सम्मेलनका बारेमा जानकारी गराइएको थियो । कार्यक्रम नेल्टा पाल्पा शाखाका अध्यक्ष कमलराज बस्यालको अध्यक्षता, कार्य समिति सदस्य खगेन्द्र बस्यालको स्वागत र सचिव लोकेन्द्र थापाको सञ्चालनमा सम्पन्नभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय