पाल्पा, माघ २६

नेपाली काँग्रेस पाल्पाले साझा धारणा बनाउँदै केन्द्रीय महासमितिको बैंठककाे तयारी गरेकाे छ । साझा अवधारणा बनाउन कांग्रेसले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका महासमिति सदस्यहरुको बैठक रम्भा गाउँपालिकाको रिमिघा लेकमा बसेको हाे ।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको बैंठकले फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरमा हुन लागेको महासमिति बैंठकका छलफल गरि साझा अवधारण पत्र तयार गरेको छ । समुदायमा काँग्रेस अभियान अन्तर्गत समुदायबाट आएका सुझाव, सल्लाहहरु र पार्टी संगठनलाई बलियो बनाउन चाल्नुपर्ने कदमका विषयलाई काँग्रेसले साझा अवधारणा बनाएको सभापिति श्रेष्ठले बताए ।

बैंठकमा महासमिति सदस्य राजेन्द्र गोपाल सिंहले अवधारण पत्र प्रस्तुत गरेका थिए । सो अवधारणापत्रमा छलफल भएको थियो । छलफलबाट आएका विषयवस्तुहरुलाई साझा अवधारणका रुपमा समावेश गरिएको महासमिति सदस्य सिंहले बताए । बैठकमा जिल्लाका २२ जना महासमिति सदस्यहरू सहित जिल्लाका नेताहरू तथा पूर्व सभापति वीरबहादुर राना लगायत पार्टी पदाधिकारीहरुको सहभागिता रहेको जिल्ला सचिव सन्ताेष थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय