latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ २६

नेपाली काँग्रेस पाल्पाले साझा धारणा बनाउँदै केन्द्रीय महासमितिको बैंठककाे तयारी गरेकाे छ । साझा अवधारणा बनाउन कांग्रेसले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका महासमिति सदस्यहरुको बैठक रम्भा गाउँपालिकाको रिमिघा लेकमा बसेको हाे ।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको बैंठकले फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरमा हुन लागेको महासमिति बैंठकका छलफल गरि साझा अवधारण पत्र तयार गरेको छ । समुदायमा काँग्रेस अभियान अन्तर्गत समुदायबाट आएका सुझाव, सल्लाहहरु र पार्टी संगठनलाई बलियो बनाउन चाल्नुपर्ने कदमका विषयलाई काँग्रेसले साझा अवधारणा बनाएको सभापिति श्रेष्ठले बताए ।

बैंठकमा महासमिति सदस्य राजेन्द्र गोपाल सिंहले अवधारण पत्र प्रस्तुत गरेका थिए । सो अवधारणापत्रमा छलफल भएको थियो । छलफलबाट आएका विषयवस्तुहरुलाई साझा अवधारणका रुपमा समावेश गरिएको महासमिति सदस्य सिंहले बताए । बैठकमा जिल्लाका २२ जना महासमिति सदस्यहरू सहित जिल्लाका नेताहरू तथा पूर्व सभापति वीरबहादुर राना लगायत पार्टी पदाधिकारीहरुको सहभागिता रहेको जिल्ला सचिव सन्ताेष थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय